2026-07-05 08:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविविरुद्ध सरकारी वकिलको बहस- ‘उहाँ जत्तिको मान्छेलाई कानुनको अनभिज्ञता क्षम्य हुनै सक्दैन’

काठमाडौँ | स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा जारी थुनछेक बहसमा अहिलेसम्म ५ जना सरकारी वकिलले बहस सकेका छन्।

रविविरुद्ध बहसका लागि तयार भएका ११ जना सरकारी वकिलमध्ये दिउँसो सवा १ बजेसम्म जम्मा ५ जनाले मात्र बहस सकेका हुन्। रविविरुद्ध हालसम्म सरकारी वकिलहरू खडिन्द्रपराज पन्त, चन्द्रप्रसाद सञ्जेल, सन्तोषराज कटुवाल, राधिका सुवाल र बिना खड्का थापाले बहस गरेका हुन्।

जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बहस भइरहेको हो। यसअघि न्यायाधीश अधिकारीले सरकारी वकिललाई २ घण्टामा बहस सक्न भनेका भए पनि २ घण्टा २० मिनेटमा जम्मा ५ जनाले मात्र बोलिसकेका हुन्।

अहिले खाजाका लागि समय छुट्याइएको छ। यसपछि पनि सरकारी वकिलकै बहस जारी रहने अदालतले जनाएको छ। अहिलेसम्म बहस गरेका पाँचै सरकारी वकिलले प्रतिवादी रवि लामिछानेलाई थुनामै राखिनुपर्ने जिकिर गरेका छन्।

बहसका क्रममा सरकारी वकिलहरूले रवि लामिछाने जत्तिको व्यक्तिलाई कानुनको अनभिज्ञता क्षम्य हुन नसक्ने बताएका छन्।
बहस गर्दै सरकारी वकिलले भने, ‘संगठित रूपमा ठगी भएको छ, ८ सयभन्दा बढी चेक काटिएका छन्, स्वर्णलक्ष्मी सहकारीकै पैसाले गाडी किनिएको छ, उहाँ रवि लामिछाने जत्तिको मान्छेलाई कानुनको अनभिज्ञता क्षम्य हुनै सक्दैन।’

उनीहरूले कास्की जिल्ला अदालतले दिएको आदेशलाई बिर्सेर यहाँ लामिछानेलाई थुनामै राखिनुपर्ने अवस्था हरेको तर्क गरेका हुन्। बहसका क्रममा सरकारी वकिलले भने, ‘कास्की जिल्ला अदालतबाट के आदेश भयो, त्यो बिर्सौँ, यहाँचाहिँ रवि लामिछानेलाई थुनामै राखौँ।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै