२६ कार्तिक २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविविरुद्ध सरकारी वकिलको बहस- ‘उहाँ जत्तिको मान्छेलाई कानुनको अनभिज्ञता क्षम्य हुनै सक्दैन’

२९ पुष २०८१, सोमबार १३:५६

काठमाडौँ | स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा जारी थुनछेक बहसमा अहिलेसम्म ५ जना सरकारी वकिलले बहस सकेका छन्।

रविविरुद्ध बहसका लागि तयार भएका ११ जना सरकारी वकिलमध्ये दिउँसो सवा १ बजेसम्म जम्मा ५ जनाले मात्र बहस सकेका हुन्। रविविरुद्ध हालसम्म सरकारी वकिलहरू खडिन्द्रपराज पन्त, चन्द्रप्रसाद सञ्जेल, सन्तोषराज कटुवाल, राधिका सुवाल र बिना खड्का थापाले बहस गरेका हुन्।

जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बहस भइरहेको हो। यसअघि न्यायाधीश अधिकारीले सरकारी वकिललाई २ घण्टामा बहस सक्न भनेका भए पनि २ घण्टा २० मिनेटमा जम्मा ५ जनाले मात्र बोलिसकेका हुन्।

अहिले खाजाका लागि समय छुट्याइएको छ। यसपछि पनि सरकारी वकिलकै बहस जारी रहने अदालतले जनाएको छ। अहिलेसम्म बहस गरेका पाँचै सरकारी वकिलले प्रतिवादी रवि लामिछानेलाई थुनामै राखिनुपर्ने जिकिर गरेका छन्।

बहसका क्रममा सरकारी वकिलहरूले रवि लामिछाने जत्तिको व्यक्तिलाई कानुनको अनभिज्ञता क्षम्य हुन नसक्ने बताएका छन्।
बहस गर्दै सरकारी वकिलले भने, ‘संगठित रूपमा ठगी भएको छ, ८ सयभन्दा बढी चेक काटिएका छन्, स्वर्णलक्ष्मी सहकारीकै पैसाले गाडी किनिएको छ, उहाँ रवि लामिछाने जत्तिको मान्छेलाई कानुनको अनभिज्ञता क्षम्य हुनै सक्दैन।’

उनीहरूले कास्की जिल्ला अदालतले दिएको आदेशलाई बिर्सेर यहाँ लामिछानेलाई थुनामै राखिनुपर्ने अवस्था हरेको तर्क गरेका हुन्। बहसका क्रममा सरकारी वकिलले भने, ‘कास्की जिल्ला अदालतबाट के आदेश भयो, त्यो बिर्सौँ, यहाँचाहिँ रवि लामिछानेलाई थुनामै राखौँ।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सन् २०२६ को खेल आफ्नो अन्तिम विश्वकप खेल हुने रोनाल्डोको भनाइ निर्वाचनको वातावरण बनाउन दलहरूको भूमिका महत्पूर्ण रहन्छः कानुनमन्त्री सिन्हा नवनियुक्त मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक दिल्लीको घातक विस्फोटलाई ‘षड्यन्त्र’ भन्दै प्रधानमन्त्री मोदीद्वारा दोषीलाई कठोर कारबाहीको चेतावनी मन्त्रिपरिषद् बैठकको निर्णय महानगर धुलोमुक्त बनाउँदै कामपा ‘बाबा सम्झेर टोलाइरहन्छन् छोराछोरी…’ पाकिस्तानको अदालतमा विस्फोट, १२ जनाको मृत्यु तालिका थप भएपछि भोजपुर–काठमाडौँ अब चार उडान दर्शकले रुचाउन थाले नेपाली चलचित्र त्रिविको जग्गा फिर्ता ल्याउने प्रक्रियामा प्रधानमन्त्रीद्वारा प्रगति माग राष्ट्रपतिसमक्ष मधेस प्रदेशका प्रदेश प्रमुख कर्णको शपथ लोकतन्त्रको संस्थागत विकासका लागि पद स्वीकार गरेको हुँ : मुख्यमन्त्री यादव पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको फैसला नोभेम्बरको अन्त्यतिर आउने सङ्केत बाइस हजार विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार शान्ति पुनर्स्थापना केन्द्रद्वारा ३९९ जनाको उद्धार दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु सन्नी देओलको आग्रह– “धरमजी स्थिर र निगरानीमा हुनुहुन्छ, कृपया अफवाह नफैलाउनुहोस्” आज चार हजार ९०० ले बढ्यो सुन