काठमाडौँ । रास्वपाका तत्कालीन महामन्त्री मुकुल ढकाललाई पार्टीको पुरानै जिम्मेवारीमा ल्याउनुपर्ने माग राख्दै आएका कोशी प्रदेश सभापति राजेश तिम्सिनालाई राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बन गरेको छ ।
पार्टी केन्द्रीय अनुसन्धान आयोगका प्रमुख भरतमणी देवकोटाले तिम्सिनालाई निलम्बन गरिएको जानकारी दिएका छन् ।
तिम्सिनाले ढकाललाई जिम्मेवारीमा फर्काउन पत्र लेखेकाले निलम्बन गरिएको रास्वपाले जनाएको छ ।