काठमाडौँ | नेकपा एमाले उपाध्यक्ष एवम् अर्थमन्त्री विष्णु पौडेलले भीम रावत अराजकतावादी मान्छे भएको आरोप लगाएका छन् ।
एमाले कास्कीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला कार्यक्रममा उपाध्यक्ष पौडेलले पार्टीले कारवाही गरेको भीम रावल व्यक्तिगत स्वार्थमा चल्ने आरोप लगाएका हुन् ।
‘भीम रावलको सन्दर्भमा तपाईं कसैले भ्रम नराख्दा हुन्छ । भीम रावत सम्पूर्ण रुपमा अराजकतावादी मान्छे हुन् । उनी व्यक्तिगत स्वार्थमा चल्ने मान्छे हुन्’, उनले भने ।