2026-07-05 05:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महानगरले दिएन चिनियाँ दूतावासलाई ठमेलमा ‘स्प्रिङ फेस्टिबल’ गर्ने अनुमति

काठमाडौँ | काठमाडौं महानगरपालिकाले ठमेलमा ‘स्प्रिङ फेस्टिबल’ गर्न चिनियाँ दूतावासलाई अनुमति नदिने भएको छ।

नेपालका लागि चिनियाँ दूतावासका डेप्युटी चिफ अफ मिसन वाङ सिनले ‘स्प्रिङ फेस्टिबल’ गर्न जनवरी २६ देखि फेब्रुअरी २५ सम्मको अनुमति माग गर्दै महानगरमा पत्र पठाएका थिए।

महानगरले उक्त पत्रमा जबाफ पठाउँदै ठमेलमा कार्यक्रमका लागि अनुमति दिन अस्वीकार गरेको छ।

मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहका अनुसार महानगरले दूतावासलाई बुधबार जबाफ पठाउँदै ठमेलमा कार्यक्रम गर्न अनुमति दिन नसकिने उल्लेख गरेको हो।

ट्राफिक व्यवस्थापनमा चुनौति रहने भन्दै महानगरले दूतावासलाई अनुमति नदिएको हो।

‘ठमेलमा ट्राफिक व्यवस्थापन गर्न कठिन हुने हुँदा चक्रपथ क्षेत्रको कलंकीदेखि महाराजगञ्जसम्म कार्यक्रम गरे सहजीकरण गर्न सक्छौं भनिएको छ,’ उनले भने।

मेयर बालेन शाहले चक्रपथ क्षेत्रको सडक विस्तारमा चिनियाँ कम्पनीले ढिलासुस्ती गर्दा स्थानीयले सास्ती खेप्नु परेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै