2026-07-05 04:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महाराष्ट्र रेल दुर्घटना : मृत्यु हुने १२ जना मध्ये ७ जना नेपाली

काठमाडौँ | भारतको महाराष्ट्रस्थित जलगाउँमा बुधबार साँझ भएको ट्रेन दुर्घटनामा परी सात जना नेपालीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

मृत्यु भएका सातमध्ये पाँच जना सुदूरपश्चिम प्रदेशका छन्। ति मध्ये चार जना अछाम र एक जना कैलाली जिल्लाका रहेको खुलेको हो। अन्य दुई नेपालीको नाम र ठेगाना भने हालसम्म खुल्न सकेको छैन।

भारतीय सञ्चारमाध्यमका अनुसार लकनऊबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसका केही यात्रुहरुले ट्रेनको आपतकालीन चेन तानेपछि ट्रेन रोकिएको थियो। त्यसपछि उनीहरूले ट्रेनबाट हाम फालेका थिए। यसक्रममा छेउमै रहेको अर्को ट्र्याकबाट आएको कर्नाटक एक्सप्रेसले किच्दा कम्तीमा १२ जनाको मृत्यु भएको हो।

पहिले मृत्यु हुनेको संख्या १३ भनिएको थियो, तर बिहीबार भारतीय अधिकारीहरूले मृत्यु संख्या घटाएर १२ बताए। शुरूमा दुई अलग व्यक्तिको शरिरका अंग ठानिएको टाउको र शरीरको भाग एउटै व्यक्तिको रहेको पुष्टि भएपछि संख्या घटाइएको हो।

दुर्घटनामा अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का नन्दाराम विक, उनकी पत्नी मैसरा विक र छोरा हिमु विक, तथा कमलबजार नगरपालिका–४ की जयकला कामीको मृत्यु भएको पुष्टि भएको छ।

दुर्घटनास्थलमा पुगेकी भारतमा पत्रकारिता अध्ययन गरिरहेकी नेपाली छात्रा ललिता मालती सिंहका अनुसार, नेपालका राधेश्याम भाई र लच्छिराम कानु पासवानको पनि उक्त दुर्घटनामा मृत्यु भएको छ। तीन जना नेपाली घाइते भएका छन् र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

६० वर्षीया जयकला कामी आइतबार मात्रै उपचार गर्न महाराष्ट्र प्रस्थान गरेकी थिइन्। उनका छोरा र बुहारीहरूले मुम्बई बोलाएपछि उनी भारत गएकी थिइन्। नन्दाराम उनीसँगै भारत जाँदै थिए। तर उपचार र परिवार भेटघाटको उद्देश्यले भारत गएकी जयकला, नन्दाराम, उनकी पत्नी र छोरा बीचैमा दुर्घटनामा परे।

“म बिहीबार दुर्घटनास्थल पुगेँ। परिवारले शव प्राप्त गरिसकेको छ। भिवन्डी, महाराष्ट्रमा शुक्रबार अन्त्येष्टि गर्ने योजना छ,” जयकलाका ज्वाइँ राजु विश्वकर्माले भने।

यसैबीच, भारतीय रेलवे बोर्डले प्रत्येक मृतकका परिवारलाई तत्कालीन सहयोगस्वरूप १ लाख ५० हजार भारु दिने घोषणा गरेको छ। साथै, महाराष्ट्र सरकारले पनि प्रत्येक मृतकका परिवारलाई ५ लाख भारु आर्थिक सहायता दिने बताएको छ।

सुदूरपश्चिममा रोजगारी अभावका कारण भारत निर्भरता
भारतमा हुने ठूला दुर्घटनाले सुदूरपश्चिम प्रदेशलाई सधैं प्रत्यक्ष असर पुर्‍याउने गरेको छ। सुदूरपश्चिमका नौ जिल्लाबाट रोजगारीका लागि ठूलो संख्यामा नेपाली भारत जाने गर्छन्।

रोजगारी र आय आर्जनका अवसरहरूको अभावमा नेपाली नागरिकहरू आफ्नो सामाजिक जीवनको मूल्यमा भारतका विभिन्न सहरमा काम गर्न बाध्य छन्।

राष्ट्रिय तथ्यांक कार्यालयले सन् २०२१ मा गरेको जनगणनाले सुदूरपश्चिम प्रदेशमा श्रम सहभागिता दर २७.३ प्रतिशत रहेको देखाएको छ, जुन देशकै सबैभन्दा कम हो। यो दर सबैभन्दा उच्च श्रम सहभागिता भएको बागमती प्रदेशको ४७.१ प्रतिशतभन्दा २० प्रतिशत कम हो।

सन् २०२३ को अगस्टमा उत्तराखण्डको गौरीकुण्डमा पहिरोले तीन वटा होटल बगाउँदा १६ जना नेपालीको मृत्यु भएको थियो। भारतीय अधिकारीहरूले १२ वटा शव फेला पारे पनि चार जना अझै बेपत्ता छन्।

बद्रीनाथ, केदारनाथ र रुद्रप्रयागजस्ता हिन्दूहरूको धार्मिक स्थल नेपाली कामदारका लागि प्रमुख रोजगारी स्थल हुन्। यहाँ काम गरे छोटो समयमा राम्रो आम्दानी हुने भएकाले धेरै नेपाली सुदूरपश्चिम र कर्णाली प्रदेशबाट यहाँ जाने गर्छन्।

गत वर्ष मे महिनामा भारतको बैंग्लोरमा ग्यास चुहावटका कारण भएको दुर्घटनामा दुई नेपालीको मृत्यु भएको थियो। तीन जना घाइते भएका थिए। सुदूरपश्चिमको बझाङका मदन बोहरा, उनकी पत्नी प्रेमजला र तीन सन्तान घाइते भएका थिए। बोहराका चार वर्षीय छोरा र आठ वर्षीय छोरीको उपचारकै क्रममा मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै