नन्दराम जैशी | साउन ४, जुम्ला । जुम्लाका नव निर्वाचित जनप्रतिनिधिहरुले जिल्लामा कर्मचारी तन्त्र कायम रहेको बताएका छन् । आफ्नो काम कर्तब्य र अधिकारसँगै स्थानिय तह संचालनका लाग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी | साउन ४, जुम्ला । जुम्लाका नव निर्वाचित जनप्रतिनिधिहरुले जिल्लामा कर्मचारी तन्त्र कायम रहेको बताएका छन् । आफ्नो काम कर्तब्य र अधिकारसँगै स्थानिय तह संचालनका लाग"/>

2026-10-15 12:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

कर्मचारीतन्त्र कायम छ, “जुम्लाका नव निर्वाचित जनप्रतिनिधि”

नन्दराम जैशी | साउन ४, जुम्ला । जुम्लाका नव निर्वाचित जनप्रतिनिधिहरुले जिल्लामा कर्मचारी तन्त्र कायम रहेको बताएका छन् । आफ्नो काम कर्तब्य र अधिकारसँगै स्थानिय तह संचालनका लागि कार्यविधि नबनेपछि कर्मचारीहरुले नै काम गरीरहेको भन्दै जुम्लाका जनप्रतिनिधिहरुले जिल्लामा कर्मचारी तन्त्र कायम रहेको बताएका हुन् । 

कार्यविधि नबन्दा कार्यसम्पादनमा समस्या भैरहेकोले जनप्रतिनिधिको काम पनि कर्मचारीहरुले गर्नुपरेको गुनासो छ । राज्यले स्थानिय तहलाइ अधिकार सम्पन्न बनाएपनि त्यो सबै लिखित अधिकारमा मात्र कायम रहेको भन्दै ब्यवहारमा केन्द्रकृत सत्ता र कर्मचारी तन्त्रको अन्त्य नभएको जनप्रतिनिधिहरुको दावि छ । 

नागरीक संबाद केन्द्र जुम्लाको आयोजनामा मंगलबार जिल्लामा सम्पन्न भएको नागरीक संबाद कार्यक्रमका सहभागि जुम्लाका नव निर्वाचित जनप्रतिनिधिहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै चन्दननाथ नगरपालिका जुम्लाका मेयर कान्तीका सेजुवालले जनप्रतिनिधि र कर्मचारीबिचको सम्बन्ध सुमधुर बनाउनुपर्नेमा जोड दिनुभयो । कर्मचारीले जनप्रतिनिधिहरुको स्तर मापन गर्न नमिल्ने भन्दै मिलेर काम गर्ने बाताबरण सृर्जना गर्न सबैलाइ अपिल गर्नुभयो । 

उहाले भन्नुभयो, जनप्रतिनिधि कर्मचारी सरह हुदैन र हुनुपनि हुदैन, कर्मचारी सरह जनप्रतिनिधिले दश, चारको मात्र ड्युटि र सेवा दिने होइन । जनताको सेवाका लागि जुनसुकै समयमा जनप्रतिनिधि तयार हुनुपर्दछ र हामि हुनेछौ, उहाले भन्नुभयो । चन्दननाथ नगरपालिकाले ल्याएको निति, कार्यक्रम र बजेट कार्यान्वयनमा जोड दिन सबैलाइ अनुरोध गर्दै कार्यान्वयनमा जोड दिए विकास टाढा नरहेको उहाको भनाइ छ । 

उपमेयर अप्सरादेखि न्यौपाने महतले नव निर्वाचित जनप्रतिनिधिहरुमध्य सबै उपप्रमुखहरु काम बिहिन भएको दावि गर्नुभयो । उपप्रमुखलाई न्यायलय जस्तो मुख्य भुमिकामा जिम्मेवारी दिएपनि कार्यविधि नबन्दा आफुहरुले कुनै कार्य सम्पादन गर्न नसकेको उहाले प्रष्ट पार्नुभयो । जनप्रतिनिधि भन्दा कर्मचारीहरु धेरै अनुभवि र विज्ञ रहेको जानकारी दिदै ज्ञान, सिप र अनुभव नहँुदा जनप्रधिनिधिले गर्ने काम पनि कर्मचारीहरु गर्न बाध्य भएको उहाको भनाइ छ । 

नागरीक संबाद कार्यक्रममा नागरीक संबाद केन्द्र जुम्लाका प्रमुख पदम बहादुर शाहिले स्थानिय तह संचालन विधेयक २०७३ का बिषयमा जानकारी दिनुका साथै त्यसमा भएका प्रावधानबारे स्पष्ट पार्नभएको थियो । उहाँको प्रस्तुतिमा भनाइ राख्दै गोठिचौर गाँउपालिकाका अध्यक्ष हरी बहादुर भण्डारीले ऐन, कानुनका बिषयमा राज्यले जनप्रतिनिधिलाइ तालिम, गोष्ठि मार्फत जानकारी दिनुपर्नेमा जोड दिनुभयो । 

तातोपानि गाँउपालिकाकि उपप्रमुख गंगादेवि उपाध्यायले सेवा प्रवाहलाइ प्रभावकारी बनाउन कर्मचारी ब्यवस्थापनमा जोड दिनुपर्ने भन्दै कार्यालय छोडि बजारमा बस्ने कर्मचारीलाइ नियमनमा ल्याउन आवाश्यक रहेको बताउनुभयो । तिला गाँउपालिकाकि उपाअध्यक्ष बिष्णुमाया बुढाले आफु न्यायिक समिति संयोजक रहेपनि कार्यविधि नहँुदा कुन आधारमा न्यायिक काम गर्ने भन्ने बिषयमा अलमलमा परेको बताउनुभयो । 

हिमा गाँउपालिका अध्यक्ष रज बहादुर शाहिले वडा, गाँउपालिका र नगरपालिका विभाजन तथा गाभ्ने अधिकार स्थानिय तहलाइ दिइनुपर्ने तर्कगर्नुभयो । सहायक प्रमुख जिल्ला अधिकारी टेक बहादुर बुढ्थापाले अबको एक हप्ता भित्र जुम्लाका सबै स्थानिय तहमा बिषयगत कर्मचारी ब्यवस्थापन गरीने जानकारी दिनुभयो । स्थानिय तहमा देखिएका समस्याहरु विस्तारै न्युनिकरण हुदै जाने तर्क गर्दै सेवा प्रवाहमा कुनै कमि नराख्न कमैचारी र जनप्रतिनिधिहरुलाइ उहाले अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित