साउन ४, डडेल्धुरा । प्रधानमन्त्री एवंम नेपाली काग्रेंसका सभापति शेर बहादुर माथि नेकपा एमालेका सचिव प्रदिप ज्ञवाली खनिएका छन् । 

दोस्रो चरणको निर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ४, डडेल्धुरा । प्रधानमन्त्री एवंम नेपाली काग्रेंसका सभापति शेर बहादुर माथि नेकपा एमालेका सचिव प्रदिप ज्ञवाली खनिएका छन् । 

दोस्रो चरणको निर्"/>

2026-07-01 12:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीको गृहनगर पुगेर देउवामाथि खनिए ज्ञवाली

2017-07-19


साउन ४, डडेल्धुरा । प्रधानमन्त्री एवंम नेपाली काग्रेंसका सभापति शेर बहादुर माथि नेकपा एमालेका सचिव प्रदिप ज्ञवाली खनिएका छन् । 

दोस्रो चरणको निर्वाचन सकिए पछि ७ नम्बर प्रदेशका जिल्लाको स्थिति अध्ययन गर्न तथा जनप्रतिनिधीहरुसंग भेटघाट गर्ने डडेल्धुरा पुगेका ज्ञवालीले दोस्रो चरणको निर्वाचनमा प्रधानमन्त्री देउवाले सत्ताको चरम दुरुपयोग गरेको आरोप लगाएका छन् ।  

प्रेस चौतारी नेपाल डडेल्धुरा साखाले बुधवार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो आरोप लगाएका हन् । प्रधानमन्त्री देउवाले निर्वाचनका समयमा निर्वाचन आचार संहिताका न्युनतम मर्यादाको समेत उल्लंङघन गरेको भन्दै उनले प्रधानमन्त्री स्वयंमले चुनावको कमाण्ड समालेर हप्तौँ सम्म गृह जिल्ला बसेको आरोप लगाएका छन् । 

साथै उनले प्रतिकुल अवस्थामा पनि नेकपा एमालेले अमगरगढी नगरपालिकामा गरेको विजय सिंगो एमालेको लागि प्रेरणादायि भएको बताएका छन् । पूर्व प्रचार बिभागका सचिव समेत रहेका ज्ञववली डडेल्धुरामा कांग्रेसले उम्मेदवारी दिए मात्रै पुग्छ प्रचार नै गर्नु पर्दैन र नेकपा एमाले त नगन्य शक्ती हो, भन्ने भ्रम तोडेको बताएका छन् ।

उनले अहिलेको सरकार बाहना बाजि गर्दै चुनावबाट भागिरहेको आरोप लगाएका छन् । ‘नेपाली काग्रेंस र माओवादीलाई चुनाव नाम बाट नै एक खालको एलर्जी जस्तो भएको छ’ उनले भने ‘जान्छ जान्छ खाने संग डराउछ भने झै माओवादी र काग्रंसलाई चुनाव भने देखी नै एलर्जी होला जस्तो छ । तर उहाँहरु चुनाव बाट पाउन हुन्न ।' उनले छिटो भन्दा छिटो चुवानको बाताबरण बनाउन पहिलो काम भनेको  निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेर त्यस सम्बन्धी काम अगाडी बढाउन रहेको बताएका छन् ।

यस्तै उनले पार्टीमा उल्लेख्य ढङ्गले परिर्वतन भैरहेको र आउने केहि दिन भित्रै एमाले पहिलो पार्टी हुने भर पर्दो आधार तयार भएको बताएका छन् । साथै उनले नव निर्वाचित जनप्रतिनिधिलाई सम्झना लायक काम गर्न समेत निर्देशन दिएका छन् । राम्रा काम गर्न गणितिय हिसावले आफुहरुलाई अप्ठेरो पार्ने काम भए जनताको बिचमा गएर जनताबाट दवाव सिर्जना गर्नु पर्ने धारणा राखेका छन् ।

उनले सुरक्षा निकाय, निर्वाचन आयोग तयार हुदा हुदै पनि निर्वानचनलाई चरण–चरणमा पु¥याउने काम अनावश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ