2026-07-05 02:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुटवलमा रविको थुनछेक बहस: इजलासमा रविका वकिलले उठाए यस्तो प्रश्न

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जोडिएको बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा बहस जारी छ।

अहिले प्रतिवादी रवि लामिछानेका तर्फबाट बहस जारी छ । गत बुधबारबाट सुरु भएको बहसमा आइतबार लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरिरहेका छन् ।

बहसका क्रममा श्रेष्ठले जबरजस्ती पुरक अभियोगपत्र तयार पारिएको भन्दै अनुसन्धानको कार्यविधिमाथि प्रश्न उठाएका छन् ।

उनले वादी पक्षले दाबी गरेका आरोपहरु पुष्टि हुने प्रमाणहरू मुद्दाको साथमा पेश नभएको भन्दै श्रेष्ठले कतिपय सिद्धान्त उल्लेख गरेर मात्रै त्यसको पुष्टि नहुने जिकिर गरे ।उनले सरकारले रविविरुद्धका सबै आरोप खोजेर थुपार्न खोजेको आरोप लगाए । उनले कसको निर्देशनबाट अभियोगपत्र कसको निर्देशनमा दायर भएको हो भन्दै प्रश्न गरे ।

न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बहस भइरहेको हो । थुनछेक बहस सकिएपछि जाहेरवाला र प्रतिवादीतर्फका वकिलहरूले जवाफी बहस गर्नेछन् । बहस सकिएपछि इजलासले आदेश जारी गर्नेछ । आदेशले पुर्पक्षका लागि थुनामा पठाउने वा बाहिर बसेरै मुद्दा लड्ने आदेश गर्ने छ ।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा लामिछानेसमेतलाई प्रतिवादी बनाउँदै अदालतमा मुद्दा दर्ता भएपछि गत बुधबार लामिछाने अदालतमा उपस्थित भएका थिए । बुधबार अदालतको उनको बयान भएको थियो ।

दुवै पक्ष बहस सकिएपछि आजै इजलासले पुर्पक्षाका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने आदेश जारी गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै