2026-07-05 04:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिपाठीमाथि आक्रमण गरी पक्राउ परेका मध्ये एकजना मात्र पार्टी सदस्य: रास्वपा

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गरी पक्राउ परेका मध्ये महेन्द्र पाण्डे भनिने महानन्द जैसी मात्र आफ्नो सदस्य भएको जनाएको छ । ललितकुमार केसी र शीतल उर्फ सीता राई भने पार्टी सदस्य नभएको रास्वपाले स्पष्ट पारेको छ ।

रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले आक्रमणमा संलग्न भएको प्रमाणित भए तत्काल पार्टीले कारबाही गर्ने बताए । महेन्द्र भनिने महानन्द घटनास्थलमा उपस्थित भए पनि आक्रमणमा संलग्न नभएको उनले जिकिर गरे । त्यही कारण उनलाई पार्टीको कारबाही नगरिएको बुर्लाकोटीले जानकारी दिए ।

पक्राउ परेका महानन्द रास्वपा हुम्लाको संस्थापक उपसभापति हुन् । रास्वपाको संगठन विस्तार नहुँदै स्वस्फूर्त घोषणा गरिएको रास्वपा जिल्ला कार्यसमितिमा महानन्द उपसभापति थिए । हाल उनी रास्वपाका सक्रिय सदस्य हुन् ।

पछिल्लो समय उनी रास्वपा केन्द्रीय कार्यालयमा नियमित आउनेजाने गरेका थिए । सभापति रवि लामिछानेविरुद्ध कसैले तर्क गरेमा उनी आक्रामक हुने गरेको रास्वपा नेताहरूको भनाइ छ ।

बुर्लाकोटीका अनुसार, पक्राउ परेका अर्का व्यक्ति दोलखाको तामाकोसी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसीले रास्वपा सदस्यताका निम्ति आवेदन दिएका छन् । तर, उनको सदस्यता पार्टीले स्वीकृत गरेको छैन ।

झापाकी सीतादेवी राई भने रास्वपाको सदस्य नभएको बुर्लाकोटीले जानकारी दिए ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेविरुद्धको मुद्दामा जाहेरवाला (सहकारीपीडित)का तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गरिएको थियो । यही माघ २ गते गरिएको आक्रमणविरुद्ध त्रिपाठीले प्रहरीमा उजुरी दिएपछि अनुसन्धान जारी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै