पर्वत  । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत  ।
२०८३, २१ बैशाख सोमबार
पर्बत - PBT

पर्वतका सांसदहरुले संचार क्षेत्रको नाम पारी लाखौ रकम दुरुपयोग गरेको खुलासा

२०७४, ६ श्रावण शुक्रबार १०:१५

पर्वत  । पर्वत जिल्लाका सांसदहरुले सञ्चार क्षेत्रमा बिनीयोजन गरेको रकममा पनि चरम दुरुपयोग भएको पाइएको छ । तीन जना सांसदले सञ्चार क्षेत्रमा गरी कुल २८ लाख ५० हजार रुपैया बिनीयोजन गरेका थिए । सांसद अर्जुनप्रसाद जोशीले रु १० लाख, सांसद विकास लम्सालले रु १४ लाख ५० हजार र कल्पना चापागाईले रु ४ लाख रुपैया बिनीयोजन गरेका थिए ।

तरपनि कामै नगरीकन उक्त रकम भुक्तानी दिएको पाइएको छ । सांसद अर्जुनप्रसाद जोशीले पूर्वाधार विकास कार्यक्रममार्फत बिनीयोजन गरेको रकम कालीगण्डकी केवललाई रु ५ लाख रुपैया दिएका छन् तरपनि उक्त टेलिभिजनले कुनै सामान खरिद र भौतिक पूर्वाधार निर्माण समेत गरेको छैन । त्यस्तै थप पाँच लाख रुपैयाको पनि कुनै स्रोत नखुलाईकन खर्च गरिएको पाइएको छ ।

त्यसैगरी सांसद विकास लम्सालले सञ्चार क्षेत्रमा बिनीयोजित रकम निर्माणाधिन रेडियो सत्यवाणीलाई १ लाख ५० हजार रुपैया दिएका छन् । उक्त रकम भौतिक पूर्वाधार निर्माणमा खर्च भएको पाइएको छ । तर बाँकी १३ लाख ५० हजार रुपैया मध्ये रेडियो पर्वतको क्षमता अभिबृद्धिका लागि ११ लाख ५० हजार रकम भुक्तानी दिइएको भएपनि अझै उक्त रेडियोको क्षमता अभिबृद्धि र अन्य पुर्वाधारको काम भएको पाइएको छैन भने वाँकी डेढ लाख रुपैयाको पनि कुनै योजना खुलाईएको छैन ।

त्यसैगरी सञ्चार क्षेत्रमा सांसद कल्पना चापागाईले बिनीयोजन गरेको रु ४ लाख रुपैया पर्वतमा सञ्चालित विभिन्न संचार माद्यामलाई सामान खरिद गरेर उपलव्ध गराउने भनिएपनि अहिलेसम्म प्रकृयानै अघि नबढेको उहाँले बताउनुभयो । अब सामान खरिद गरेर वितरण गर्ने सांसद चापागाईले जानकारी दिनुभयो ।

पर्वत जिल्लाका दुईजना सांसद मार्फत भित्रिएको सांसद विकास कोष र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकममा चरम दुरुपयोग भएको पाइएको छ ।

असार मसान्तसम्म खर्च हुन नसकेको रकमलाई रकमान्तर गरी विना टेण्डर सामानहरु खरिद गरिएपनि दुरुपयोगको खुलासा भएको हो । सांसद विकास लम्सालमार्फत भित्रिएको रकममध्ये रु २० लाख, सांसद अर्जुनप्रसाद जोशीमार्फत भित्रिएको रु ३५ लाख रुपैयालाई रकमान्तर गरि पोल, जाली र पाईप खरिद गरिएको हो । जिल्ला समन्वय समिति पर्वतले पहिले आन्तरिक स्रोतबाट खरिद गरिसकेको सामानलाई रोकेर सांसदको रकमलाई रकमान्तर गरि सोहि टेण्डरमार्फत हुने गरी सामान खरिद गरिएको जिल्ला समन्वय समितिका एक अधिकृत बताए ।

सामानुपातीकका सांसद कल्पना चापागाई मार्फत भित्रिएको रु ५० लाख भने सवै खर्च भएको बताइएको छ । आफुमार्फत भित्रिएको सवै रकम खर्च भएको सांसद कल्पना चापागाईले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितिका अनुसार सांसदहरुकै सल्लाहामा रकमान्तर गरेर सामानहरु खरिद गरिएको हो । तर कति परिमाणमा सामानहरु खरिद गरिएको हो भन्नेबारे कर्मचारीहरुनै अनविज्ञ रहेका छन् । विना टेण्डर सामानहरु खरिद गर्न नपाईने आर्थिक प्रशासन नियमावलीमा उल्लेख भएपनि एउटा शिर्षकका लागि खोलीएको टेण्डरमा अर्को शिर्षकको रकमले खरिद गर्नु दुरुपयोग भएको कर्मचारीहरुलेनै स्वीकार गरेका छन् ।

जिल्ला समन्वय समितिका लेखापाल ध्रुव सुवेदीका अनुसार सांसदहरुलाई राज्यले यसरी रकम दिनुनै दुरुपयोग हुने बताउनुभयो । उहाँले राज्यले सांसदलाई दिनुभन्दा सोझै सरकारी निकायमार्फत खर्च गर्न दिनुपर्ने पनि बताउनुभयो । उक्त सामान सांसदहरुले आफ्नै तजबीजअनुसार वितरण गर्ने पनि उहाँले बताउनुभयो ।

गत साल पनि सांसदहरुको रकम फ्रिज भएको थियो । सांसदहरुले आफै फर्जि बिल बनाएर लाखौ रुपैया अनियमितता गरेका थिए ।

सांसदहरुले आँफूले विनियोजन गरेका क्षेत्रहरुमा रकम खर्च नगरि रकम नै फ्रिज नगएको देखाउनका लागि कर्मचारी र सांसदको मिलेमतोमा दवै पक्षले कमिसन लिनेगरी सामान खरिद गरिएपछि सर्वत्र आलोचना भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध भूमिहीनको दिगो समाधान गरिने छ : प्रधानमन्त्री शाह सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी