2026-07-05 01:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसलाई प्रचण्डको प्रश्नः ओलीजीसँग सत्ता सहकार्यमा मात्रै हुनुहुन्छ कि राजनीतिक दृष्टिकोण नै परिवर्तन गरेको ?

काठमाडौँ | नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले नागरिक अभिव्यक्तिलाई अपराधको श्रेणीमा राख्नेगरी विधेयक दर्ता गरेको भन्दै आपत्ति जनाएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले विधेयकमा वर्तमान सरकारको नियत के हो भन्ने कुरा प्रष्ट देखिएको बताए ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओली विरोध त परैको कुरा, रचनात्मक आलोचना पनि सहन नसक्ने अवस्थामा पुगेको उनले टिप्पणी गरे । ओली अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हक र प्रेस स्वतन्त्रतालाई कुल्चने प्रयत्नमा रहेको प्रचण्डको आरोप छ । उनले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकमा प्रधानमन्त्री ओलीसँग आफ्नो प्रश्न नरहेको बताए । तर, सत्तारुढ दल नेपाली कांग्रेससँग प्रचण्डले विधेयकप्रतिको धारणा मागे । ‘नेपाली कांग्रेसलाई ? के हो यो सामाजिक सञ्जाल नियमन विधेयक ? के हो यसमा नेपाली कांग्रेसको आधिकारिक धारणा ? हिजो त तपाईँहरु यसको विपक्षमा उभिनु भएको थियो, आज कता उभिनु भएको हो ? तपाईँहरु सत्ताका लागि मात्रै सहकार्यमा हुनुहुन्छ कि राजनीतिक दृष्टिकोण नै परिवर्तन गरेर केपी ओलीजीकै ठाउँमा पुग्नु भएको हो ? म जान्न चाहन्छु,’– प्रचण्डले भने ।

उनले ‘के नेपाली कांग्रेसलाई पनि हाम्रो सम्माननीय प्रधानमन्त्रीजीलाई जस्तै प्रश्नमुक्त र विवेकमुक्त नेपाल चाहिएको हो ?’ भन्दै प्रश्न गरे । उनले कांग्रेसको विचारमाथि नै प्रश्न उठाए । ‘तपाईँहरुको वैचारिकी के हो ? भन्ने कुरा पनि म जान्न चाहन्छु । मैले वैचारिकीको प्रश्न किन उठाएको भने नेपाली कांग्रेस यो विषयमा गतिशील देखिएको छ,’– प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै