काठमाडौँ | सभामुख देवराज घिमिरेले विपिन जोशीको रिहाइको माग गर्दै अरब संसद्का अध्यक्ष मोहम्मद अहमद अल-यमाहीलाई पत्र लेखेका छन्।
उनले आफूले पत्रमा विशेष पहल गरिदिनका लागि आग्रह गरेको बताएका छन्।
‘मैले विपिन जोशीको सकुशल रिहाइका लागि विशेष पहल गरिदिन अनुरोध गरेको छु,’ उनले भनेका छन्।