Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘उपेन्द्र यादव सरकारमा जानुहुन्छ जस्तो लाग्दैन, राष्ट्रियसभाबाट अध्यादेश पारित नहुने स्थिति बन्दैछ’

२०८१, २८ माघ सोमबार १३:०५

काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल आफ्नो मुद्दालाई छोडेर सरकारमा सहभागी हुन जाने सम्भावना आफूले नदेखेको बताएका छन्। जनकपुरधाम पुगेका प्रचण्डले पत्रकारहरूसँग कुरा गर्दै जसपा, नेपाले आफ्नो अडान र मुद्दा छोड्ने विश्वास आफूले नगरेको बताएका हुन्।

‘उहाँ (उपेन्द्र) आफ्नो मुद्दालाई नै छाडेर सरकारमा जानुहुन्छ जस्तो मलाई लाग्दैन। उहाँहरूले निर्णय गर्नै बाँकी छ। बैठकबाट निर्णय गर्नुहोला,’ उनले भने, ‘यदि उहाँहरूले आफ्नो अडान छाड्नु भएन भने राष्ट्रियसभाबाट अध्यादेश पारित नहुने स्थिति बन्दैछ।’

दाहालले संसद्‌को अधिवेशन बोलाउने समयमा अध्यादेश ल्याएकोमा आपत्ति जनाए। उनले भूमि अध्यादेशमा समावेश भएका प्रावधानहरू सदन बोलाउने बेला अध्यादेश ल्याएको र भूमिलगायत अध्यादेशका अन्तरवस्तु गलत रहेको प्रचण्डको भनाइ छ।

सरकारले राष्ट्रिययसभामा ६ वटा अध्यादेश पेस गरेको छ। विधेयकको पक्षमा प्रतिनिधिसभामा कांग्रेस-एमालेको स्पष्ट बहुमत रहे पनि राष्ट्रियसभामा जसपा, नेपाल निर्णायक छ। राष्ट्रियसभामा कांग्रेस, एमाले र लोसपाका २८ सांसद छन्। राष्ट्रियसभामा बहुमतका लागि पक्षमा ३० सांसद चाहिन्छ। ५९ सदस्यीय राष्ट्रियसभामा बहुमतका जसपाका तीन सांसद निर्णायक छन्।

जसपा, नेपालले विधेयकको पक्षमा जाने या नजाने भनेर औपचारिक निर्णय नगर्दा सरकारको दबाबमा प्रतिनिधिसभामा सभामुख र राष्ट्रियसभामा अध्यक्षले निर्णयार्थ पेस गरेका छैनन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै