Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अध्यादेशबाट देश चलाउने काम निरंकुशताको प्रस्थान बिन्दु : शेखर कोइराला

२०८१, २८ माघ सोमबार १६:५९

काठमाडौँ | नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अध्यादेशबाट देश चलाउने काम निरंकुशताको प्रस्थान बिन्दु भएको बताएका छन् ।‍ सोमबार भक्तपुरमा आयोजित गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति विषयक विचार गोष्ठीमा बोल्दै कोइरालाले संसद्लाई छलेर अध्यादेश ल्याउन जरुरत नै नदेखिएको बताएका हुन् ।

उनले मुलुकको आवश्यकताका आधारमा वर्तमान सरकार गठन भएको भन्दै सरकारलाई सही दिशा दिनका लागि सरकारले गरेका गलत कामहरूलाई बाहिर ल्याउन जरुरी रहेको बताए। कोइरालाले सामाजिक सञ्जाल विधेयक अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध लाउने गरी आएको जिकिर गरे ।

उनले दुई तिहाइको बलमा कांग्रेस–एमालेले मात्रै संविधान संशोधन गर्न नहुने भन्दै यसका लागि माओवादी लगायतका दलसँगको सहमतिका आधारमा अघि बढ्नुपर्ने जिकिर गरे। उनले कांग्रेसलाई अघि बढाउनका लागि व्यक्तिगत स्वार्थ त्याग्नुपर्ने धारणा राखे ।

त्यस्तै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले अहिलेको व्यवस्थालाई थप बलियो बनाउने गरि आवश्यकताका आधारमा संविधान संशोधन हुनुपर्ने बताए । संघीय सांसद, प्रदेश सांसद, मन्त्रीमण्डलको संख्या घटाउने, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर संविधान संशोधन गर्नुपर्ने उनको भनाई थियो ।

त्यस्तै कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेस सभापति शेरबहादुर देउवाको कुनै विचार नै नभएको र पूर्णरूपमा असफल भएको बताइन् । अहिले एमालेले देश हाँकिरहेको र कांग्रेस छायामा परेको उनको टिप्पणी थियो ।

कोइरालाले अब हुने पार्टीको सभापति शेखर कोइराला नै भएको जिकिर गरिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै