2026-07-05 12:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैठकमा मनिष झाको प्रश्न- वर्षाैं जेल बसेर बाहिर आउँदा नेताहरुकाे एकाएक महल कसरी ठडियो ?

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले संसद्‌को गरिमा राख्ने विषयमा सत्तापक्षले अराजकता प्रस्तुत गरेको बताएका छन्। मंगलबारको प्रतिनिधिसभाको बैठकमा झाले संख्या देखाएर तर्साउन नखोज्न चेतावनी दिएका हुन्।

‘संसद्को गरिमा संख्याले हुँदैन सिद्धान्तले हुन्छ। सम्झाउन चाहन्छु। संख्याले तर्साउन नखोजे हुन्छ,’ उनले भने।

भ्रष्टाचारीको मुख हेर्दिनँ भन्नेलाई सम्झाउन चाहन्छु भन्दै उनले थपे- आजै आएको ट्रान्सपरेन्सीको रिपोर्टमा अझै खस्किएका छौँ त्यो पनि सम्झाउन चाहन्छु।’

उनले अहिलेका गृहमन्त्रीले गरेको ज्याजतिको प्रमाण आफूसँग भएको भन्दै उनले सभामुखलाई कहाँ बुझाउँ भन्दै प्रश्न गरे। झाले कांग्रेस सांसद गगन थापाले रास्वपाका सभापति रवि लामिछानेविरुद्ध प्रमाण रहेको बताएकोमा व्यंग्य गर्दै आफू भने चटक नभई प्रमाणको ठेली बोकेर आएको बताए।

‘देखाइदिउँ देखाइदिउँ भनेर चटक गर्न आएको होइन। सभामुखज्यु प्रमाण एक ठेली तपाईंका लागि ल्याइदिएको छु। मलाई आदेश दिनु मैले कहाँ बुझाउँ ? म आज नै बुझाउन चाहन्छु’ उनले भने।

उनले सम्पत्ती शुद्धीकरणको विषयमा क-कसको छानबिन गर्न टुंग्याउन व्यंग्य गर्दै आग्रह गरे।

‘वर्षाैं जेल बसेर बाहिर आउँदा एकाएक महल कसरी ठडियो ? कुनै व्यवसाय थिएन, आर्थिक स्रोतको कुरै छैन, तर सबैकाे नेताहरुकाे महल ठडिएकाे छ । त्यसको छानविन गर्नुपर्दैन ? हाम्रो पनि गरौं र सुशासनको अध्यासको सुरुवात गरौं ।’

यदी कसैको सम्पत्ति छानविन नगर्ने हो भने संसद रोकेर अध्यादेशमार्फत नै निर्णय गर्न पनि उनको चुनौती छ । ‘केही दिनका लागि सदन रोकौं । अर्को अध्यादेश ल्याइदिनुहोस् र भन्नुहोस् तत् पार्टीका नेताहरुको सम्पत्ति छानविन आजीवन हुँदैन भनेर ।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै