साउन ८, काठमाडौँ । माओवादी केन्द्र अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचन असाध्यै खर्चिलो भएको र सामान्य नागरिकले सहभागी नै हुन नसक्ने अवस्था आएकाले अब पूर्णसमानुपाति"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ८, काठमाडौँ । माओवादी केन्द्र अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचन असाध्यै खर्चिलो भएको र सामान्य नागरिकले सहभागी नै हुन नसक्ने अवस्था आएकाले अब पूर्णसमानुपाति"/>
2026-07-25 12:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन असाध्यै खर्चिलो भयो, अब सुधार हुनुपर्छ: प्रचण्ड

साउन ८, काठमाडौँ । माओवादी केन्द्र अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचन असाध्यै खर्चिलो भएको र सामान्य नागरिकले सहभागी नै हुन नसक्ने अवस्था आएकाले अब पूर्णसमानुपातिक निर्वाचन प्रणाली जरुरी रहेको बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “गाँउपालिकाको अध्यक्षमा उम्मेदवार हुनेले पाँच÷सात करोडसम्म खर्च गरेको भन्ने सूचना आएको छ । प्रदेशसभाको निर्वाचनका लागि सोही अनुपातमा खर्च होला, प्रतिनिधिसभा सदस्यका लागि कुन हदसम्मको रकम खर्च होला रु सामान्य नागरिकले निर्वाचनमा सहभागी नै हुन नसक्ने अवस्था आयो ।”

उहाँले निर्वाचनमा हुने अनियन्त्रित खर्च नियन्त्रणका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली नै उत्तम विकल्प रहेकामा जोड दिनुभयो । समानुपातिक निर्वाचन प्रणालीमा रहेका केही कमजोरी सुधार गर्नुपर्ने अध्यक्ष दाहालको भनाइ छ । 

अनुभव र परिचालनको अभावमा निर्वाचन हारियो

पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले वैचारिक राजनीतिक कार्यदिशामा स्पष्टताको कमी, पार्टी विभाजनको असर, सङ्गठनात्मक अराजकता र कमजोर जनसम्बन्ध, बैठक बस्न नै कठिन हुने ‘जम्बो’ समिति, निर्वाचन परिचालनमा अनुभवको कमीले स्थानीय तहको निर्वाचनमा अपेक्षित परिणाम हासिल हुन नसकेको बताउनुभयो । 

यस्तै निर्वाचनमा कुशलताको कमी, उत्पिडित वर्ग, जाति, क्षेत्र र लिंगको पहिचान र अधिकार स्थापित गर्ने पहल र सक्रियताको अभाव, पार्टीभित्र देखिएको गुटबन्दी र घात र अन्तरघातको द्रुष्प्रभाव, पार्टी र पार्टी नेतृत्वको सरकारबाट भए गरेका राम्रा कामको व्यवस्थित प्रचारको कमी रहेको उल्लेख गर्नुभयो । 

माओवादी केन्द्रले विभिन्न प्रतिकूलताका बाबजुद पार्टीका उम्मेदवारलाई मतदान गर्ने मतदाताप्रति धन्यवादसमेत व्यक्त गरेको छ । 

पार्टी एकतामा आउन आग्रह

माओवादी केन्द्रले पार्टी एकता प्रक्रियालाई पूर्णता दिन नेकपा ९क्रान्तिकारी माओवादी०, नेकपा, नयाँ शक्ति नेपाललाई आग्रह गरेको छ । एकताका बारेमा माओवादी केन्द्रको निर्णयमा भनिएको छ, “पार्टी एकता प्रक्रियालाई पूर्णता दिने विषयको आवश्यकता महशुुस गर्दै मुख्यतः मोहन वैद्य, डा बाबुराम भट्टराई, नेत्रविक्रम चन्द नेतृत्वको घटक र सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीलाई अपिल छ ।”

अध्यक्ष दाहालले भन्नुभयो, “स्थानीय तहको निर्वाचनले माओवादी केन्द्र नै माओवादी घटकको मूलप्रवाह रहेको स्थापित भएकाले अब छुट्टाछुट्टै बस्नु आवश्यक नभएको र जनताले पनि माओवादी एक होओस् भन्ने चाहेको देखिएकाले तत्काल एकता प्रक्रिया अत्यावश्यक छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक