काठमाडौँ । सत्तारुढ दलहरुले सरकारले जारी गरेको अध्यादेशलाई संसद्मा अघि बढाउने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा
शनिबार बसेको सत्तारुढ दलको बैठकले सबै दलहरूसँग छलफल गरेर अध्यादेशलाई अघि बढाउने निर्णय भएको हो ।
संघीय संसद्मा रहेका सबै दलहरूसँग छलफल गरेर फागुन ६ गते बस्ने राष्ट्रिय सभाको बैठकमा अध्यादेश निर्णयार्थ प्रस्तुत हुने बैठकपछि गृहमन्त्री रमेश लेखकले जानकारी दिए । उनले अध्यादेशलाई पारित गर्नका लागि बहुमत पुग्ने दाबी गरे ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष राजकिशोर यादवसँग फोनमा कुराकानी भएको र अध्यादेशमा समर्थन गर्ने सहमति भएको लेखकले बताए ।
उनले भूमिसम्बन्धी अध्यादेश लगायत अन्य अध्यादेशमा देखिएका असन्तुष्टिलाई प्रतिस्थापन विधेयकमार्फत समाधान गरिने जानकारी दिए ।