2026-08-29 05:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

रास्वपा धादिङ काठमाडौँ सम्पर्क विभागको सभापतिमा अजय श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे धादिङ-काठमाडौँ सम्पर्क विभागको सभापतिमा अजय श्रेष्ठ चयन भएका छन् । धादिङ जिल्लाबाट काठमाडौँमा बस्दै आएका रास्वपा समर्थकहरुको भेलाबाट श्रेष्ठको सभापतित्वमा १७ सदस्यीय सम्पर्क विभाग गठन भएको हो ।

काठमाडौँको स्वयम्भु स्थित स्टार ब्याङ्केटमा रास्वपाका कार्यवहाक सभापति डिपीअर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले विभागको उपसभापतिमा विष्णु सिलवाल, सचिवमा उज्वल श्रेष्ठ चयन गरेको रास्व्पा धादिङका सचिव मीन बहादुर अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार रास्वपाको धादिङ काठमाडौँ सम्पर्क विभागमा धादिङका सबै स्थानीय तहबाट प्रतिनिधित्व हुने गरि सदस्यहरु समेटिएको जानकारी दिए ।

कार्यक्रममा रास्वपाका सह-महामन्त्री तथा प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठ, केन्द्रीय सदस्य उपेन्द्र पाण्डे, केन्द्रीय तथा प्रादेशीक विभागका पदाधिकारीहरु सहित प्रदेश समितिमा सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै रास्वपाका कार्यवहाक सभापति अर्यालले रास्वपाको कार्यक्रमहरुमा भाषण भन्दा जे उदेश्यले कार्यक्रम गरिएको हो त्यसैमा केन्द्रित हुन निर्देशन दिए । पुर्वश्रममन्त्री समेत रहेका अर्यालले कार्यक्रमहरुमा आशन-ग्रहणको क्रममा नेताहरुको लामो सूचि बाचन गरेर समय बर्बाद नगर्न सुझाव दिए । छोटोमा मन्तव्य राखेका अर्यालले नयाँ बन्ने समितिलाई शुभकामना व्यक्त गरे ।

त्यस्तै कार्यक्रममा बोल्दै रास्वपाका सह-महामन्त्री तथा प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले रास्वपाका कार्यक्रममा खादा-माला नलगाउने नीति भएकोले त्यसै अनुसार कार्यक्रमहरु आयोजना गर्न साथै नेताहरुको लागि बस्ने छुट्टै मंच नबनाउन निर्देशन दिइन् । श्रेष्ठले देशमा भ्रष्टाचार बढेको बन्दै आ-आफ्नो ठाउँबाट गहन अध्ययन गरेर बेथितिबारे पूर्ण जानकारी लिएर त्यस बिरुद्ध लाग्न रास्वपाका कार्यकर्तालाई अनुरोध गरिन् । पुर्व शिक्षामन्त्री समेत रहेकी श्रेष्ठले आगामी निर्वाचनमा ३६ हजार जना उम्मेदवार आवश्यक पर्ने भन्दै आफ्नो नेतृत्वलाई आफैले निखार्न अनुरोध गरिन् । उनले रास्वपामा भ्रष्टाचारप्रति शुन्य सहनशीलता हुनुपर्ने भन्दै रास्वपाको छुट्टै डिएनए तयार हुनुपर्ने बताईन् ।

कार्यक्रममा धादिङबाट रास्वपामा आएका नयाँ सदस्यहरुलाई नेताहरुले पार्टीको व्याच लगाएर पार्टीमा स्वागत गरे । सम्पन्न धादिङ काठमाडौँ सम्पर्क विभागको भेलामा नवनिर्वाचित पदाधिकारीहरुलाई केन्द्रीय सदस्य उपेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो