Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तोपै हाने पनि सरकार ढल्दैन : प्रधानमन्त्री ओली

२०८१, ५ फाल्गुन सोमबार १४:५९

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले अबको १७ महिनासम्म आफू प्रधानमन्त्रीबाट नहट्ने दाबी गरेका छन् । लुम्बिनी प्रदेशसभाको बैठकमा विशेष सम्बोधन गर्दै उनले सरकार ढलिहाल्छ भन्ने हल्ला नचलाउन आग्रह गरे ।

“यो सरकार ढलिहाल्छ, एउटा हल्ला चलेको छ । यो हल्ला नचलाए हुन्थ्यो,” उनले भने ।

उनले यस्ता हल्लाले युवाहरुमा निराशा आउने बताए । ओलीले आफूले १७ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने बताए ।

“सात महिना बितिसक्यो । १७ महिना प्रधानमन्त्री चलाउँछु । त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफैं छाड्छु । केपी ओलीलाई हराउन बल लगाउनुपर्दैन आफैं छाड्छु,” उनले भने ।

उनले आफू छिटो पाक्न औषधी हाल्ने खालको केरा, फलफुल नभएको पनि बताए ।

“१७ महिना तोप हाने पनि सरकार ढल्दैन । केही गरे पनि प्रधानमन्त्री ढल्दैन । झन्डै दुई तिहाइ छ, सरकार ढल्दैन,” ओलीले भने,“ १७ महिनापछि केही बल गर्नै पर्दैन । म राजीनामा दिन्छु शेरबहादुरजीलाई सहयोग गर्छु ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै