2026-07-04 10:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपा सांसदद्वय सुमना र सोविताले संसदमा बोल्न नदिएको भनेकोमा सभामुखको असन्तुष्टि

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदद्वय सुमना श्रेष्ठ र सोविता गौतमले संसद बैठकमा आफूहरूलाई बोल्न नदिएको प्रचारबाजी गरेको भन्दै सभामुख देवराज घिमिरेले असन्तुष्टि जनाएका छन् । यस विषयमा उनले ‘कन्सर्न’ लिएको उनको सचिवलायले जनाएको छ ।

सांसद गौतमले माघ २७ मा पारित भएको विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे बोल्नका लागि माघ २८ मा समय मागेकी थिइन् । तर, सभामुख घिमिरेले विधेयक पारित भइसकेकाले आकस्मिक विषय हुन नसक्ने बताएका सचिवालयले जनाएको छ ।

विधेयक पारित गर्नुअघि नै सभामुखले कानुनमन्त्री, उपसभामुख तथा प्रमुख पाँच दलका प्रमुख सचेतकसँग छलफल गरेको र त्यहीँ भएको सहमतिअनुसार नै विधेयक अगाडि बढाएको भने पनि प्रक्रिया बिग्रिएको भन्दै बोल्न समय मागेकी थिइन् । तर, गौतमले बोल्न चाहेको विषय आकस्मिक नहुने भन्दै अरु नै विषय भए राख्न सक्ने सभामुखले बताएका थिए ।

त्यस्तै, फागुन ५ को बैठकमा पनि सांसद सुमना श्रेष्ठले भारतमा नेपाली विद्यार्थी समस्यामा परेको भन्दै समय मागेकी थिइन् । सभामुख आफ्नो च्याम्बरबाट उठेर बैठक कक्षतिर प्रवेश गरेलगत्तै सुमना आएको सभामुखको सचिवालयले जनाएको छ । ‘जनाउ घण्टी सुरु भएकाले त्यस विषयमा मैले बुझ्न पाइनँ । तपाईंले अगाडि नै विषय जानकारी गराउनुभएको भए पनि हुन्थ्यो । उठाउने विषय हो भने (माननीय अशोक चौधरीतर्फ देखाउँदै) उहाँलाई भन्नुहोला, उहाँले राखे पनि हुन्छ । उहाँले समय लिइसक्नुभएको छ । मैले तपाईंको विषय बुझ्न समय भएन । या त भोलि राख्नुहोला,’ भनेर सभामुख निस्किएका जनाइएको छ । यो कुराकानी हुँदा रास्वपा प्रमुख सचेतक सन्तोष परियार पनि सँगै भएको सचिवालयले जनाएको छ । साथै यसमा दलीय अनुरोध पनि नआएको बताइएको छ ।

आकस्मिक विषय उठाउने नै हुँदा उपसभामुखले सदन सञ्चालन गरिरहेको बेला सभामुखलाई विषय बुझाएर उठाउन सकिने र त्यो अभ्यास पनि भएको सचिवालयले स्वीकारेको छ । तर, संसदीय प्रक्रियाभन्दा बाहिर गएर, मिडिया, सोसल मिडियाबाट दबाब सिर्जना गर्न खोजिएको उल्लेख गरिएको छ ।

आकस्मिक समयमा बोल्नका लागि बैठक सुरु हुनुभन्दा अगाडि नै कम्तीमा २० देखि ३० जनाले समय माग्ने गरेकोमा बढी १० जनाले मात्रै समय पाउने गरेको पनि सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै