काठमाडौँ | सत्तारुढ दल नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले भारतको ओडिसाको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्युपछि देखिएको तनावमा सरकारको उपस्थिति नभएकोप्रति प्रश्न उठाएका छन्।
लम्सालको मृत्युपछि कलेजले नेपाली विद्यार्थीलाई दुर्व्यवहार गरेको थियो। उनले सरकारलाई नेपाली विद्यार्थीलाई चार वटा जहाज लिएर फिर्ता ल्याउन कसले रोकेको छ भन्दै प्रश्न गरे।
सांसद भण्डारीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सरकार, चार वटा जहाज लिएर उडिसाबाट विद्यार्थी लिएर आउन कसले रोकेको छ ? तब विश्वविद्यालयसँग कुरा हुन्छ। तिमी छौ भन्ने परिचय देऊ न सरकार।’