Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्प नीतिको डरले ११ वर्षीया बालिकाद्वारा आत्महत्या

२०८१, ९ फाल्गुन शुक्रबार १५:१०

एजेन्सी | अमेरिकाको टेक्सासमा एक दुःखद घटना सार्वजनिक भएको छ, जहाँ ट्रम्पको अवैध आप्रवासी निकाल्ने नीतिको डरका कारण ११ वर्षीया जोसेलिन रोजो कारान्जाले आत्महत्या गरेकी छिन्। जनवरी २० देखि कार्यभार सम्हालेयता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सामूहिक रूपमा अवैध आप्रवासी निकाल्ने घोषणा गरेका थिए ।

विद्यालयमा आफ्नो परिवारको अध्यागमन अवस्थाका कारण उनका साथिहरूले उनलाई लगातार जिस्काउने गरेपछि उनले आत्महत्या गरेको खुलेको हो । रिपोर्टहरू अनुसार, जोसेलिनलाई उनका साथिहरूले बारम्बार दुर्व्यवहार गर्दथे। उनीहरूले उनलाई “अब तिम्रा आमाबुबालाई देश निकाला गरिन्छ र तिमी एक्लै छाडिन्छ्यौ” भन्ने डर देखाउने गरेका थिए। यस्तो निरन्तर मनोवैज्ञानिक दबाबकै कारण उनले आत्महत्या गरेको खुलाशा भएको छ ।

जोसेलिनकी आमा मार्बेला कारान्जाले छोरीले यस्तो ठूलो समस्या सामना गरिरहेको आफूले कहिल्यै थाहा नपाएको बताएकि छिन्। अनुसन्धानबाट खुलेअनुसार, जोसेलिन स्कुल काउन्सिलरलाई नियमित भेट्न जान्थिन् र दुर्व्यवहारबारे बताउँथिन्। तर विद्यालयले यो जानकारी उनको परिवारलाई कहिल्यै दिएन।

अहिले जोस्लिनले आत्महत्या गरेपछि विद्यालय प्रशासन नै शंकाको घेरामा परेको छ । विद्यालयलाई यसबारे जानकारी भए पनि कुनै कारबाही नगरेको उनकी आमाको आरोप छ । गेनेसभिल इन्डिपेन्डेन्ट स्कुल माथि जिल्ला प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । घटनाको अनुसन्धान भइरहेको जनाएको छ। तर परिवारलाई किन जानकारी दिइएन भन्ने विषयमा कुनै आधिकारिक बयान दिइएको छैन।

जोसेलिनको मृत्युले अमेरिकामा बाल बालिकामाथि हुने दुर्व्यवहार र आप्रवासी परिवार माथि हुने भेदभावको गम्भीरतालाई उजागर गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । यो घटनापछि धेरै संघ संस्थाले विद्यालयमा हुने दुर्ब्याबहार रोक्न थप कडा कानुन बनाउन सरकारसँग माग गरेका छन् ।

साथै, आप्रवासी परिवारका बालबालिकालाई सुरक्षित वातावरण प्रदान गर्नका लागि कदम चाल्नुपर्नेमा पनि जोड दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै