2026-07-04 09:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

असार १५ भित्रमा प्रधानमन्त्री ओलीको भारत भ्रमण हुन्छ : परराष्ट्रमन्त्री राणा

काठमाडौँ | परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण २०८२ को असार १५ (जुन २०२५) भित्र हुने बताएकी छन्। शनिबार द हिन्दूसँगको कुराकानीमा परराष्ट्रमन्त्री राणाले असार १५ भित्र भारत भ्रमण हुने आशा राखेको बताएकी हुन्।

त्यसअघि प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिमस्टेक बैठकमा ‘साइडलाइन’ वार्ता हुने बताइएको छ। अप्रिलमा बैंककमा हुने बिमस्टेक बैठकका दौरान प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिइएको परराष्ट्रमन्त्री राणाको दाबी छ।

परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालेपछि राणाले दुई पटक दिल्ली भ्रमण गरिसकेकी छन्। प्रधानमन्त्री ओलीको भारत भ्रमणमा भएको ढिलाईलाई दुई देशबीच तनावको स्थिति पैदा भएको हुनसक्ने द हिन्दूले उल्लेख गरेको छ। भारतबाट भ्रमणको निम्तो नआएपछि प्रधानमन्त्री ओलीले गत नोभेम्बरमा चीनबाट आफ्नो वैदेशिक यात्रा सुरु गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै