2026-07-04 10:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

माओवादीद्वारा हुलाकी राजमार्ग जनजागरण अभियान तयारी बैठक सम्पन्न

जनकपुर । नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव तथा मधेस प्रदेशका इन्चार्ज मातृकाप्रसाद यादवले हुलाकी राजमार्ग जनजागरण अभियानको तयारीका लागि सप्तरीको राजविराजमा पार्टीका नेताकार्यकर्ताहरूसँग विशेष छलफल गरेका छन् ।

सोमबार आयोजित छलफल कार्यक्रममा उपमहासचिव यादवले जनताको लामो समयदेखिको अपेक्षा पूरा गर्न हुलाकी राजमार्गको उचित उपयोग र यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउँदै यस अभियानलाई जनस्तरमा लैजानुपर्नेमा जोड दिए।

बैठकमा सहभागी कार्यकर्ताहरूले समेत आफ्नो सुझाव प्रस्तुत गर्दै अभियानलाई सफल बनाउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका थिए। बैठकमा हुलाकी राजमार्गसँग जोडिएका क्षेत्रहरूको विकास, जनचेतना अभिवृद्धि, पार्टी संगठन सुदृढीकरण र स्थानीय जनसमस्याहरू समाधानका उपायहरूबारे विस्तृत छलफल गरेका थिए । नेकपा माओवादी केन्द्रद्वारा सञ्चालित हुलाकी राजमार्ग जनजागरण अभियानले आगामी दिनमा स्थानीय विकास, पूर्वाधार निर्माण र जनताको प्रत्यक्ष सहभागिता बढाउन महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा मधेस प्रदेशस्तरीय नेताहरू, जिल्ला तहका पदाधिकारीहरू तथा स्थानीय कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै