Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ज्ञानेन्द्र शाहीको अमर्यादित टिप्पणीले संसद्मा हंगामा, एमाले र माओवादीको संयुक्त प्रतिवाद

२०८१, १३ फाल्गुन मंगलवार १६:४४

काठमाडौँ | केही दिनेदखि राष्ट्रिय सभालाई लिएर अर्मादित टिका टिप्पणी गर्दै आइरहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले फेरि सोही व्यहोरा दोहोर्याएका छन् । मंगलबार बसेको बैठकमा राष्ट्रिय सभालाई वृद्धआश्रम भन्दै टिप्पणी गरेपछि सत्तारुढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रतिवाद गरेका छन् ।

मंगलबार प्रतिनिधि सभामा आम सञ्चार विधेयकमाथिको छलफलमा सांसद शाहीले राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयकमा गलत कुरा रहेको दाबी गर्दै सांसद शाहीले राष्ट्रिय सभाले जस्ताको त्यस्तै पारित गरेको भन्दै आपत्ति जनाए । उनले राष्ट्रिय सभा वृद्धआश्रम बनेको बताउँदै त्यस्तो कुरा ख्याल नगर्ने सभा वृद्धआश्रम नै भएको आरोप लगाए । ‘यत्तिसम्म पनि अध्ययन गरेर आउँदै भने हामीले वृद्धाश्रम नभनेर राष्ट्रिय सभालाई के भन्ने ?’ उनले भने ।

सांसद शाहीले राष्ट्रिय सभालाई होच्याउने शव्द प्रयोग गरेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले विरोध जनाए । उनले नियमापत्ति गर्दै सांसद शाहीको शव्द सदनको रेकर्डबाट हटाउन माग गरे । ‘संसदको रोष्ट्रममा बसेर राष्ट्रिय सभाबारे गरेको टिप्पणी गलत छ’ पाण्डेले भने । संविधान, कानुन अनुसारको अभिव्यक्ति नरहेको भनेर सभामुखको ध्यानाकर्षण गरे ।

सांसद पाण्डेको नियमापत्तिपछि सभामुख देवराज घिमिरेले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाए । उनले आफ्नो ध्यानाकर्षण भएको बताउँदै पाण्डेलाई बस्न अनुरोध गरे । सांसद शाहीलाई बोल्न अनुमति दिए । पाण्डेको नियमापत्ति पछि बोलेका सांसद शाही फेरि पाण्डे माथि नै जाइलागे ।

सांसद शाहीले प्रतिनिधि सभा सदस्यलाई राष्ट्रिय बोलेकै आधारमा राष्ट्रिय सभाचले खेद प्रस्ताव पारित गर्दा किन नबोलेको भन्दै पाण्डेमाथि प्रश्न तेर्साए । ‘म प्रतिनिधि सभाको निर्वाचित सदस्य हो । मेरा विरुद्धमा राष्ट्रिय सभामा खेद प्रस्ताव पारित हुँदा तपाईंको ध्यान कहाँ थियो ?’ उनले सोधे ।

सांसद पाण्डे र शाहीको सवाल जवाफमा नेकपा एमालेका सांसद रघुजी पन्त पनि मिसिए । उनले आफू यसअघि प्रेस काउन्सिल नेपालको सदस्य भइसकेको र यसबारेमा धेरै कुरा थाहा रहेको बताउँदै राप्रपाि सांसद शाहीले सदनमा गलत सूचना सम्प्रेषण गरेको बताए । उनले यस्तो गलत कुरा नगर्न आग्रह गरे । रत, सांसद शाही फेरि पन्तमाथि जाईलागे ।

त्यसपछि सांसद शाहीले ‘राष्ट्रिय सभा विज्ञको सभा हुनुपर्नेमा राजनीतिक दलका कार्यकर्ता भर्ती केन्द्र हुन पुगेको’ टिप्पणी गरे ।

‘राष्ट्रिय सभा विज्ञहरूको भर्ती केन्द्रका लागि बनाइएको हो तर, अहिले कार्यकर्ताको भर्ती केन्द्र भयो रु’

राष्ट्रिय सभामा ‘विज्ञ खै’ भनेर उनले प्रश्न गरे । ‘कानुन विज्ञ खै ? अर्थ विज्ञ खै ? कुटनीतिक तथा परराष्ट्र विज्ञ खै ? चलचित्रको विज्ञ खै ? कृषि विज्ञ खै ?सञ्चार विज्ञ खै ? शिक्षा विज्ञ खै ? स्वास्थ्य विज्ञ खै ? आविश्कार तथा अन्वेष्ण विज्ञ खै ? सांस्कृतिक तथा पर्यटन विज्ञ खै ? पूर्वाधार तथा भौतिक विज्ञ खै ? सुरक्षा तथा रक्षा विज्ञ खै ?’

एमाले सांसद पन्तले निरन्तर शाहीको कुरा गलत भएको बताईरहे । तर, सभामुखले बोल्न अनुमति दिएन्न । निक्कै लामो समयसम्म पन्त आफ्नो आसनबाट उठिरहे । सभामुखले राप्रपा सांसद शाहीलाई व्यक्ति केन्द्रीत भएर नबोल्न अनुरोध गरे । सांसद पन्तले ‘संसदलाई गलत जानकारी दिन नपाइने’ भन्दै आपति जनाए का थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै