Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुलमानलाई ऊर्जा मन्त्रालयले सोध्यो– तपाईंलाई पदबाट किन नहटाउने?

२०८१, १३ फाल्गुन मंगलवार १६:५७

काठमाडौँ | ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई दुई बुँदे स्पष्टीकरण सोधेको छ। कुलमानलाई हटाउने कसरतस्वरुप मन्त्रालयबाट सोधिएको यो तेस्रो स्पष्टीकरण हो।

मन्त्रालयका सचिव सुरेश आचार्यले गत १२ फेब्रुअरीमा भारत जाँदा मन्त्रालयको स्वीकृति नमागेको विषयलाई पहिलो बुँदामा उठाएका छन्। त्यसैगरी सोही बुँदामा ‘नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ को अनुसूची १ को विषयसंख्या २० र २३ अनुसार नेपाल सरकार, मन्त्रिपरिषद् पेस गर्नुपर्ने विषयमा तपाईंले अर्थ मन्त्रालयको सहमति नलिइ आर्थिक दायित्व बढ्ने गरी द्विपक्षीय वार्ताको माध्यमबाट तयार भएको सहमतिपत्रमा हस्ताक्षर गर्ने अख्तियारी कसरी प्राप्त गरेको’ भनी जवाफ मागिएको छ।

दोस्रो बुँदामा प्राधिकरण सञ्चालक समितिको अध्यक्षमा ऊर्जामन्त्री दीपक खड्का नियुक्त भएको मितिबाट हालसम्म गरेका आन्तरिक भ्रमण काज, विदा वा अन्तर्राष्ट्रिय भ्रमणबारे प्रश्न उठाइएको छ।

‘कुन कुन आन्तरिक भ्रमण काज वा विदामा जाँदा नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकको सेवाको शर्त तथा सुविधासम्बन्धी विनियमावली, २०६१ (संशोधनसहित) को विनियम १८ अनुसार अध्यक्षको स्वीकृति लिएर जानुभएको छ?’, स्पष्टीकरण पत्रमा सोधिएको छ, ‘कुन कुन अन्तर्राष्ट्रिय भ्रमण काजमा जाँदा सोही विनियमावलीको विनियम ३२ अनुसार सञ्चालक समितिको स्वीकृति लिनुभएको छ? स्वीकृति लिनुपर्ने विषयमा किन नलिएको?’

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङलाई पुस २२ गते किन नहटाउने भनी स्पष्टीकरण सोधेको थियो। सचिव आचार्यले त्यसबेला पनि कुलमानलाई किन नहटाउने भन्नेसहित ९ बुँदामा स्पष्टीकरण माग गर्दै पत्राचार गरेका थिए।

स्पष्टीकरणको जवाफमा पुस २८ गते कुलमानले आफूलाई मन्त्रिपरिषद्ले ४ वर्षका लागि नियुक्ति दिएको र अन्य निकायले नियुक्तिको अन्त्य गर्न नसक्ने जवाफ दिएका थिए। त्यसअघि गत असोज २२ गते मन्त्रालयले ट्रान्सफर्मर खरिदलगायत विभिन्न १५ बुँदामा स्पष्टीकरण मागेको थियो।

कुलमान २०७८ साउन २५ गते प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो कार्यकालका लागि नियुक्त भएका थिए। कार्यकारी निर्देशकको कार्यकाल ४ वर्षको हुन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै