2026-07-04 10:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सहकारीबारेको अडिओ बाहिरिएपछि मन्त्रीका स्वकीय सचिवद्वारा आत्महत्या

काठमाडौँ | बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाले आत्महत्या गरेका छन्। सोमबार राति उनले गहुँमा राख्ने विषादी ट्याब्लेट सेवन गरेर आत्महत्या गरेका हुन् ।

धादिङको धुनिवेँशी नगरपालिका–९ घर भएका थापा केही महिनाअघि मात्रै मन्त्री श्रेष्ठको स्वकीय सचिवका रूपमा नियुक्त भएका थिए।

बागमती प्रदेशको सहकारी मन्त्रालय मातहत रहेको सहकारी महाशाखाले गत पुस २८ गते समस्याग्रस्त सहकारी घोषणा गरेको सुमेरु सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको विषयमा फोनमा गरेको कुराकानी बाहिरिएपछि थापाले आत्महत्या गरेको प्रहरीले जनाएको  छ।

थापा र कांग्रेस धादिङका नेता राजु बर्तौलासँग मिलेर समस्याग्रस्त सहकारी घोषणा गरिएको सुमेरुको फाइल सहकारी महाशाखाको सिस्टमबाट हटाइदिने भन्दै पैसामा बार्गेनिङ गरेको अडियो रेकर्ड बाहिरिएको थियो।

सो घटनापछि सहकारी मन्त्री श्रेष्ठको निर्देशनमा सोमबार बिहानै अडियो रेकर्डमा नाम जोडिएका राजु बर्तौलालाई प्रहरीमा उजुरी दिएर पक्राउ गराइएको थियो।

बर्तौला पक्राउ परेपछि थापाले एक पानाको सु–साइड नोट लेखेर विष सेवन गरेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) अपिल राज बोहोराले सोमबार दिउँसो २ बजे कालिमाटीस्थित साथीको कोठामा विष सेवन गरेको अवस्थामा फेला परेका थापाको साँझ ६ः३० बजे उपचारको क्रममा शहीद मेमोरियल अस्पताल, कलंकीमा मृत्यु भएको जानकारी दिए।

सामाजिक सञ्जालमा भाइरल भएको उक्त अडियो रेकर्डमा सुमेरु सहकारीका पूर्व सचिव बिनोद आचार्य, कांग्रेस नेता राजु बर्तौला, र मन्त्रीका स्वकीय सचिव रवि थापाबीचको कुराकानी समावेश रहेको प्रहरीले जनाएको छ। उनले सु–साइड नोटमा पैसा लेनदेनको विषयमा आफ्नो नाम जोडिएको र त्यसबाट आफ्नो बेइज्जत भएको उल्लेख गरेका छ्न् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै