2026-09-19 12:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रामेछापमा एमालेले जिल्ला समन्वय समितिका उम्मेदवारकाे टुङ्गो लगायाे (नामसहित)


प्रज्वल पाैडेल/साउन ११, रामेछाप ।
नेकपा एमाले रामेछापले जिल्ला समन्वय समितिकाे उम्मेदवारहरूकाे टुङ्गो लगाएकाे छ ।

बुधबार बसेकाे एमाले रामेछापकाे जिल्ला कमिटीको १५ अाैँ सचिवालय बैठकले सर्वसम्मत रूपमा उम्मेदवारहरूकाे टुङ्गाे लगाएकाे हाे ।
बैठकले जिल्ला समन्वय समितिकाे सभापति/ प्रमुखमा खाँडादेवी गाउँपालिकाका प्रेम बहादुर खड्का र उपसभापति/उपप्रमुखमा लिखु गाउँपालिकाका दीपा पाख्रिनलाई सिफारिस गरेकाे एमाले रामेछाप प्रचार विभाग प्रमुख प्रकाशकुमार कार्कीले जानकारी दिनुभयाे ।

उहाँका अनुसार बैठकले समितिकाे सदस्यहरूमा दाेरम्बा गाउँपालिकाबाट निडाेल्मा शेर्पा,गाेकुलगंगा गाउँपालिकाबाट राधिका गुरूङ, उमाकुण्ड गाउँपालिकाबाट मैयाँ सार्की, लिखु गाउँपालिकाबाट रमेश वाग्ले, रामेछाप नगरपालिकाबाट पुर्ण बहादुर महत, मन्थली नगरपालिकाबाट गणेश माझी र रामबहादुर तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेकाे छ ।

८ स्थानीय तह रहेकाे रामेछापमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका मेयर,उपमेयर गरि १६ जना मतदाताले नगरपालिका र गाउँपालिकाबाट वडा सदस्य पदमा निर्वाचित भएका मध्येबाट ९ जना चुनिने प्रावधान छ ।

रामेछाप जिल्लामा एमालेकाे स्पष्ट बहुमत रहेकाले एकलाैटी रूपमा जिल्ला समन्वय समिति निर्माण हुने लगभग पक्का भएकाले काङ्ग्रेस, एमाअाेवादी समितिमा अाउन नसक्ने अाँकलन गरिएको छ ।

यसैविच जिल्ला समन्वय समितिको निर्वाचन गर्न आईतबार जिल्ला समन्वय समितिमा कार्यालय स्थापना भएकाे छ ।

जिल्ला समन्वय समिति रामेछापको निर्वाचन आगामी साउन २० गते शुक्रवार गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिश किरणप्रसाद सिवाकोटिका अनुसार १६ गते जिल्ला समन्वय समितिका सभापति उपसभापति र ७ जना सदस्य पदका लागि उम्मेदवारी मनोनयन दर्ता गराउने र २० गते निर्वाचन गरी सोहि साँझ निर्वाचन परिणाम सार्वजनिक गरिने तालिका रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई