Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोहन थापा अमेरिकामा समातिएपछि रास्वपाले भन्यो– उहाँले पार्टीबाट अलग हुन निवेदन दिनुभएको थियो

२०८१, १८ फाल्गुन आईतवार १६:५१

काठमाडौँ | आफ्ना केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले विज्ञप्ति जारी गरेर थापाले पार्टी परित्याग गरिसकेको बताएको छ । रास्वपाका नेता मनिष झाले आइतबार दिउँसो विज्ञप्ति जारी गर्दै थापा अमेरिकामा पक्राउ परेकाे जानकारी आएको र उनले नेपालबाट जानुअघि नै पार्टीको जिम्मेवारीबाट अलग हुन चाहेको भनी निवेदन दिएको जानकारी गराएका छन् ।

‘रास्वपाका केन्द्रीय सदस्य मोहन थापा अमेरिकन इमिग्रेसनको हिरासतमा पर्नुभएको जानकारीमा आएको छ । मोहन थापाजीले यसअगावै ‘आफूले केही व्यक्तिगत कानुनी प्रक्रियाहरू स्पस्ट र समाधान गर्नु छ र सो किनारा नलागेसम्मका लागि म केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहन’ निवेदन दिएर जानुभएको थियो,’ झाले भनेका छन् ।

अघिल्लो साता नेपालबाट फर्किने क्रममा पेन्सिल्भेनिया विमानस्थलबाटै पक्राउ परेका थापालाई फिलाडेल्फियास्थित हिरासत केन्द्रमा राखिएको छ ।

थापालाई कुन अपराधमा पक्राउ गरिएको हो भन्ने विषय खुलिसकेको छैन । थापा तिनै नेता हुन् जसले राष्ट्रसंघ महासभामा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवा न्युयोर्क गएका बेला कालो झण्डा र जुत्ताको माला देखाउने भन्दै फेसबुकबाट आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै