2026-09-03 06:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

जिससको नाम टुङ्गो लगाउन तीन जनाको नाम प्रदेश कमिटीमा सिफारिस

टेक शाही/साउन १३, डोल्पा । जिल्ला समन्वय समिति डोल्पाको पादाधिकारिको नाम चयनको टुङ्गो लागदैछ । 

समन्वय समितिका पदाधिकारिको सँयोजक र उपसँयोजकको नाम चयन गर्न नेकपा एमाले जिल्ला कमिटि डोल्पालाइ सकस परेको छ । 

श्रावण २० गते हुन गईरहेको जिल्ला समन्वय समितिको निर्वाचनका लागि नेकपा एमालेबाट व्यापक छलफल पछि संयोजक तथा उप–संयोजकका उम्मेद्वारको नाम टुङग्याईएको छ ।

नेकपा एमाले जिल्ला कमिटि डोल्पाले तिन दिनको व्यापक छलफलपछि मात्र जिल्ला समन्वय समितीको उप–संयोजकको नाम टुङ्ग्याएको सचिवालय सदस्य बबिकिशोर गूरुङ्गले जानकारि दिए । 

गुरुङ्गले भने उप सँयोजकमा नर बहादुर बुढाको मात्र नाम भएको कारण सर्वसम्मत जस्तै भएको र संयोजकामा भने बिवाद चर्कीएपछि तिन जनाको नाम प्रदेश कमिटीमा शिफारिष गरिएको जानकारि दिए  ।

प्रदेशमा नामा शिफारिष हुनेमा पहिलो तुलाचन्द्र बुढा,दोस्रो शेर बहादुर बुढा र तेस्रो छक्क धरालाको नाम शिफारिष गरिएको प्रचार विभाग प्रमुख गुरुङ्गले जानकारी दिए ।

संयोजकमा नाम शिफारिष हुनेमा तुलाचन्द्र बुढा जिल्ला कमिटि उपाध्यक्ष हुन, शेर बहादुर बुढा जिल्ला कमिटि सदस्य हुन भने धरला जिल्ला कमिटी पुर्व सचिव भइ सकेका हुन ।

डोल्पा जिल्लामा स्थानिय तहमा स्पष्ट बहुमत ल्याउने ३३ जिल्ला भित्र पर्ने भएकोले जिल्ला समन्वउ समितिमा एमालेले आफना सदस्यहरु छनौट गर्दै छ । तिन दिनको बृहत छलफल पछि पनि सँयोजको नलागेको र सबैले आ आफनै अडान राखे पछि सचिवालय बैठकले ३ जनाको नमा प्रदेशमा पठाएको हो ।

तुलाचन्द्र बुढा बरियतामा पनि आफु अगाडि भएको र जिल्ला कार्य समिति भित्रको बरिष्ठ सदस्य तथा हाल जिल्ला कमिटिको उपाध्यक्षको हैसियतले पनि सायेजक पाउनु पर्ने दावि गर्छन । 

तर शेर बहादुर बुढा जिल्ला कमिटि सदस्य मात्र भएको भएता पनि साँसद धन बहादुर निकट भएको कारण बुढाले नै पाउने सम्भावना धेरै देखिन्छ । पूर्व पार्टी सचिव समेत रहेका छक्क धराला भने आफु यूवा जगतको भएको कारण पनि आफुले पाउने दावी गरेका छन । 

बिस बर्ष पछि भएको स्थानीय चुनाव अगाडी नेपाली काङ्ग्रेस पार्टीप्रती रुष्टहुँदै पार्टी परित्याग गरेर एमाले प्रवेश गरेका राम प्रसाद महतलाई जिल्ला समन्वयको उप–संयोजकमा ल्याउने प्रतिबद्धताका साथ नाम चर्चामा ल्याईएपनि उनी संयोजक तथा उप–संयोजक दुईवटै पदमा छनोटमा पर्न सकेनन् ।

डोल्पा जिल्लामा जिल्ला समन्वय समितिमा ७ सदस्यि जिल्ला समन्वय समितिको गठन हुने छ । 

डोल्पाका आठवटै स्थानीय तहहरुमा एमालेको प्रस्टै वहुमत भएकाले जिल्ला समन्वयमा एमालेका उम्मेद्धारहरु निर्विकल्प छनोट हुनेछन् । सँयोजकको नाम चयनको लागि आन्तरिक छलफलमा ब्यस्त भएकोले अन्य सदस्यको लागि भने कता र कस्लाइ दिने कुनै पनि छलफल नभएको एमालेले डोल्पाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही