2026-07-04 11:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ऊर्जामन्त्रीलाई लिङ्देनको चेतावनी: कर्मचारीलाई नोकर नठान्नुस्

काठमाडौँ |  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे संसदमा सत्तापक्ष र प्रतिपक्षबीच चर्को बहस भएको छ।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सदनमा झुटा विवरण प्रस्तुत गरेको आरोप लगाए।

लिङ्देनले मन्त्रीजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले झुटा विवरण प्रस्तुत गर्नु गलत भएको बताउँदै संसदलाई मूर्खहरूको जमघट नठान्न चेतावनी दिए।


उनले सरकार कर्मचारीलाई मात्र कारिन्दा र नोकरको रूपमा हेर्ने प्रवृत्ति अपनाएमा आफूहरू त्यस्ता कर्मचारीहरूको पक्षमा उभिने स्पष्ट पारे।

‘मन्त्रीजीले जसरी सबै प्रतिपक्षमाथि खनिनुभयो। सत्तापक्ष माननीयले पनि एउटा कर्मचारीलाई बोकेर नहिँड्नुस् भन्नुभयो,’ उनले भने, ‘कर्मचारीलाई सरकारले आफ्नो कारिन्दा मात्रै ठान्छ, नोकर ठानेर व्यवहार गर्छ भने त्यस्ता कर्मचारीको पक्षमा उभिन्छौं। अन्याय हुन दिन्नौं।’

लिङ्देनले ३५ अर्ब घाटामा रहेको विद्युत प्राधिकरणलाई आठ वर्षमा ५२ अर्ब खुद नाफामा पुर्‍याउने नेतृत्वकर्ताविरुद्ध गलत सूचना फैल्याउनु जलविद्युत क्षेत्रकै हित विपरीत हुने बताए।

उनले व्यक्तिगत आकांक्षा पूर्तिका लागि संस्थागत हितलाई कमजोर पार्न नहुने भन्दै मन्त्री खड्कालाई परिस्थिति बिग्रन नदिन चेतावनीसमेत दिए।

उनले ऊर्जा मन्त्रालय व्यवसायीहरूबाट उठाउनुपर्ने २२ अर्ब रुपियाँ संकलन नगर्ने संकेत देखिएको आरोप लगाउँदै, त्यसो भएमा गम्भीर परिणाम आउन सक्ने बताए।

बैठकमा ऊर्जा मन्त्री खड्काले कुलमानबारे उठेका प्रश्नको जवाफ दिँदै कर्मचारीलाई बोकेर नहिँड्न सुझाव दिए। उनले कटाक्ष गर्दै भने, ‘गाउँघरतिर भनिन्छ, बच्चालाई काँधमा बोकेपछि पिसाब फेरिदिन्छ। त्यस्तो अवस्था नआओस्।’

त्यस्तै, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले कुलमानलाई प्रतिपक्षी दलहरूको साझा अध्यक्ष बनाउन सुझाव दिँदै व्यंग्य गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै