2026-07-01 02:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा जिसस गठनको लागि निर्वाचन कार्यतालिका सार्वजनिक

2017-07-28

लोकेन्द्र प्रशाद जोशी/साउन १३, दार्चुला । दार्चुला जिल्लाको जिल्ला समन्वय समिति गठन गर्न राजनीतिक दलहरु सँग समन्वय गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

पहिलो जिल्ला सभामा भएको सहमति अनुसार प्रमुख, उप्रमुख, एक एक जना, महिला सदस्य ३ जना, दलित वा अल्पसंख्यक सदस्य १ जना, खुला सदस्य ३ जना रहने गरी ९ सदस्यीय समिति गठन गर्न कार्यतालिका सार्वजनिक गरिएको मुख्य निर्वाचन अधिकृत दुर्गाबहादुर भुषालले जानकारी दिनुभयो ।

जसअनुसार साउन १९ गते मतदाता नामावलीमा प्रकाशन गर्ने, २० गते मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने, र सोहि दिन संसोधित मतदाता नामावली प्रकाशन गर्ने, २२ गते मतदाताको विरोधमा उजुरी दिने, अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने, मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयन पत्रको जाँच र उजुरी उपर निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, २५ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई चिन्ह प्रदान गरिने छ भने २९ गते मतदान हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ