2026-09-19 06:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको सुस्ता गाउँपालिकाका जनप्रतिनिधिको यस्तो खेल किन ?


साउन १३, नवलपरासी । सुस्ता गाउँपालिकालाई प्रदेश नं ४ मा लैजान गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेय यतिबेला बहुमतका लागि दौडधुपमा लागेका छन् । 

अध्यक्ष पाण्डेले स्थानिय जनताको भावना विपरित निर्वाचित एमालेको जनप्रतिनिधिको बहुमतको आधारमा सुस्ता गाउँपालिकालाई प्रदेश नं ४ मा लैजान निर्णय समेत गराई भारी बहुमतका लागि अरु प्रतिनिधिहरुलाई फकाउन दौडधुपमा छन् ।

नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदमा निर्वाचित अध्यक्ष पाण्डे एमालेको बहुमतको आधारमा आफनो पार्टीगत र व्यक्तिगत स्वार्थमा गाउँपालिकालाई प्रदेश नं. ४मा लैजाने खेल गरेको कांग्रेस र राजपाका कार्यकर्ताहरुले आरोप लगाए । जिल्लाको निर्वाचन क्षेत्र नं. ६ मा पर्ने सुस्ता गाउँपालिका, नेपाली कांग्रेस र राजपाको गढ भन्ने चिनिन्छ । सुस्ता गाउँपालिका कांग्रेसका सांसद देवकरण कलवार र राजपाका बरिष्ठ नेता ह्देश त्रिपाठीको निर्वाचन क्षेत्र हो ।

गाउँपालिका अध्यक्ष पाण्डे पार्टीको निर्देशनमा सुस्तालाई प्रदेश नं. ४ मा लैजान असन्तुष्ट वडा अध्यक्ष एवं सदस्यहरुलाई फकाउदै हिंडेका छन् । केहि दिन अगाडी गाउँपालिकाको बैठकमा सुस्ता गाउँपालिकालाई प्रदेश नंं ४ मा लैजाने एजेण्डा प्रति एमालेकै उपाध्यक्ष ईन्द्र कुमारी थरुनी, र एमालेकै वडा नं. २ का अध्यक्ष कृष्ण मुखिया, एमालकै वडा नंं ४ का अध्यक्ष अशोक गुरुङ्गले समर्थ जनाएका थिए भने कांग्रेसको वडा नंं १ अध्यक्ष अशोक चौधरी, राप्रपाको वडा नंं ३ का अध्यक्ष राजकुमार चौधरी र कांग्रेसकै वडा नं. ५ का अध्यक्ष प्रभुनाथ यादवले यस एजेण्डा प्रति आक्रोस पोख्दै असहमति जनाएको वडा नंं ५ का अध्यक्ष प्रभुनाथ यादवले बताए । 

अध्यक्ष पाण्डेको यस निर्णय प्रति सांसद कलावार र नेता त्रिपाठी समेत असहमति जनाएको बताइएको छ । पाण्डेले यस गाउँपालिकालाई निर्वाचन क्षेत्र नंं ६ बाट फुटाई एमालेको गढ बनाउने खेलामा रहेको कांग्रेसी कार्यकर्ताहरुले आरोप लगाए ।

गाउँपालिकमा कुल २९ जना जनप्रतिनिधि छन् जसमध्ये १७ जना मात्र एमाले पार्टीका प्रतिनिधि छन् । अरु कांग्रेस, राप्रपा र फोरम नेपाल, लोकतान्त्रिकका प्रतिनिधहरु छन् । 

गाँपालिका अध्यक्ष पाण्डे एमालेको १७ जना प्रतिनिधिको धाक देखाउदै हाम्रो बहुमत रहेको दावी गरि सुस्ता गाउँपालिकालाई प्रदेश नंं ४ मा लैजाने निर्णय गराए ।  पाण्डे अझैपनि भारी बहुमत पुराउन असन्तुष्ट प्रतिनिधिहरुलाई फकाउनमा लागेका छन् । पाण्डेका अनुसार निर्णय भईसकेको छ अब केहिदिनमै यस निर्णयलाई संघिय मामिला तथा स्थानयि विकास मन्त्रालयमा पठाउने छांै ।  

आयोगले जिल्लाको स्थानिय तह पुर्न संरचना गर्दा त्रिवेणी सुस्ता गाउँपालिकालाई प्रदेश नंं ४ मा राखेको थियो जसलाई लिएर यहाँका स्थानिय जनताहरु आक्रोसित भई विभिन्न चरणबद्ध आन्दोलन समेत गरेका थिए । आन्दोलन चर्किदै गएपछि त्यतिबेला सो क्षेत्रमा सांसद देवकरण कलवारले उक्त गाउँपाकिलालाई प्रदेश नं. ५ मै कायम गर्न पर्ने माग राखेका थिए । सरकारले प्रदेश नं. ४ लाई नाकाको रुपमा लिदै साविक त्रिवेणी गाविस बाहेकका क्षेत्रलाई प्रदेश नंं ५ मा कायम गरि स्थानिय तहको निर्वाचन समेत गरायो ।

तर अहिले शान्तीपुर्ण ईच्छा अनुसार प्रदेश नंं ५ मा बसोबास गरिरहेका सथनयि जनतालाई फेरि पनि आन्दोलन गर्न बाध्य बनाउदै छ एमाले ।  एमालेको यस खेलप्रति कांग्रेस, राजपा, माओबादी केन्द्र, राप्रपा, फोरम नेपाल, फोरम लोकतान्त्रिक, नयँशक्ति लगायतका पार्टीको असहमत छन् त्यति मात्र होईन त्यहाँका ७० % भन्दा बढि जनताहरु पनि असन्तुष्टि र दुख व्यक्त गरेका छन् । 

अहिले राजपाले यस निर्णय प्रति खेद प्रकट गर्दै सर्वपक्षिय अभियान पनि चलाउने तयारीमा लागी परेको राजपका कार्यकर्ता लख्खु यादवले बताए जसलाई एमाले बाहेक सबै पार्टीले समर्थन गर्ने पनि बताए । 

सुस्ता गाउँपालिकामा पर्ने साविक गाविस कुडिया, नर्सही, पक्लीहवाँ, रुपौलिया र सुस्ता भुमीहरु पर्दछन् । उक्त क्षेत्रका ७०% भन्दा बढि बसोबास मधेशी जनताहरुको छ जुन प्रदेश नं. ५ मै बस्न खोजेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो