2026-07-04 05:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बागमती नदीमा बोरामा महिलाको शव: ४ दिनसम्म कोठामा राखे, बोरामा प्याक गरेर खोलामा फाले

काठमाडौँ | शनिबार मध्याह्न काठमाडौंको गोकर्णेश्वर नगरपालिका-७, नामी कलेज नजिकै बागमती नदीमा एक व्यक्तिले पूजा गर्ने क्रममा नदीको बीच भागमा ठूलो पोको देखे ।

पानीमा डुबेको अवस्थामा रहेको उक्त पोकोबाट मानव हात देखिएपछि प्रहरीलाई खबर गरियो । त्यसपछि प्रहरी टोली घटनास्थलमा पुग्यो ।

पोको खोलेर जाँच गर्दा एक महिलाको शव भेटियो । जसको उमेर करिब ३०-३५ वर्षको अनुमान गरिएको छ । शव बोरामा बेरेर तन्नाले बेरिएको अवस्थामा फेला परेको थियो । घटनालाई शंकास्पद मान्दै प्रहरीले अनुसन्धान अघि बढायो ।

अनुसन्धानका क्रममा प्रहरीले एक नाबालकसहित ६ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा सर्लाहीका कैलाश खड्का (२५ वर्ष), मकवानपुरका सुरेश तामाङ (२०), नुवाकोटका रोशन तामाङ (२४), सिन्धुपाल्चोककी पूजा परियार (२०), पेम्बा तामाङ र एक नाबालक रहेका छन् ।


हत्यामा संलग्न रहेको आरोपमा उनीहरुविरुद्ध अदालतबाट अनुसन्धानका लागि ६ दिनको म्याद लिइएको प्रहरीले जनाएको छ ।

मृतकको पहिचान अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरू काठमाडौंका विभिन्न स्थानमा मजदुरी गर्ने समूहका हुन् । उनीहरू निश्चित काम र बसोबासबिना गोजीमा पैसा सकिएपछि मात्र श्रम गर्ने अनि केही रकम भएपछि काम छोड्ने प्रवृत्तिका रहेको अनुसन्धानले देखाएको प्रहरी स्रोतको भनाइ छ ।

घटनाको रात उनीहरूले मदिरा र गाँजा सेवन गरेको खुलेको प्रहरीको भनाइ छ । ‍राति उनीहरू एउटै कोठामा सुतेका थिए, तर बिहानसम्म कैलाश र सुरेश फरार भएका थिए । पूजाले प्रहरीलाई दिएको बयानअनुसार बिहान उठेर मृतकलाई उठाउन खोज्दा उनी अचेत अवस्थामा फेला परिन् ।

शवमा कुनै बाहिरी चोटपटक नदेखिएकाले मृत्युको कारण पुष्टि हुन बाँकी छ । पक्राउ परेकाहरूले फसिने डरले शव चार दिनसम्म कोठामै लुकाएको र पछि बोरामा प्याक गरी बागमतीमा फालिएको बयान दिएका छन् ।

सीसीटीभी फुटेजमा चार जनाले शव बोक्दै नदीतर्फ लगेको देखिएको छ । शव व्यवस्थापनपछि समूहका सदस्यहरू छुट्टाछुट्टै भागेका थिए । तर, प्रहरीको अनुसन्धानबाट उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरिएको छ । घटनाबारे थप खुलासा पोस्टमार्टम रिपोर्टपछि मात्र हुने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का