2026-10-14 08:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सुर्खेतमा गर्जिए लिङ्‍देन- अब नारायणहिटी खाली गर

सुर्खेत | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले केपी शर्मा ओली, शेरबहादुर देउवाहरूकै कारण देश बर्बाद बनेको बताएका छन्। उनीहरूकै कारण देश दुर्घटनामा जान थालेकाले बचाउनका लागि राजसंस्था अपरिहार्य रहेको उनले तर्क गरे।

मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित खबरदारी सभामा बोल्दै उनले भने, ‘अहिले जुन अवस्थाबाट हामी गुज्रेका छौँ, यसबाट देश बन्ने कुनै कल्पना गर्न सकिन्न । त्यसैले अब सोच्ने बेला आयो ‌।’

कर तिर्न पनि घूस खुवाउनुपर्ने अवस्था आएकाले यी दलहरूकै कारण संसारकै भ्रष्ट मुलुक बनेको आरोप उनले लगाए। ३५ वर्षसम्म नबनेको देश केपी, देउवालाई अब बाँचुन्जेल जिम्मा दिए पनि बन्न नसक्ने लिङ्देनले बताए। उनले भने, ‘यिनीहरूले देशमा गणतन्त्रको नाममा लुटतन्त्र मच्चाइरहेका छन्। अब अभिभावकका रूपमा राजसंस्था आवश्यक बन्यो ।’

राप्रपा नेतृ कुन्ती शाहीले दलहरूलाई नारायणहिटी खाली गर्न चेतावनी दिइन्। ‘गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतावादीलाई भन्न चाहन्छु, तिम्रो यो तन्त्रमा जनता खुसी हुन सकेनन्, देश बन्न सकेन। जनताको मनोभावना अनुसार तपाईँहरू सच्चिनुस्, देश लुट्न जनताले छुट दिने हैन,’ उनले भनिन्।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अहिलेको राष्ट्रपति कांग्रेसको मात्र भएकोले देशको अभिभावकका रूपमा राजा आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने