साउन १४, काठमाडौं । सिँचाईमन्त्री सञ्जय गौतमले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा गराउन सरकारले तयारी सुरु गरिसकेको स्पष्ट पारेका छन् ।

श"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १४, काठमाडौं । सिँचाईमन्त्री सञ्जय गौतमले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा गराउन सरकारले तयारी सुरु गरिसकेको स्पष्ट पारेका छन् ।

श"/>

2026-07-25 11:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा: सिँचाईमन्त्री


साउन १४, काठमाडौं । सिँचाईमन्त्री सञ्जय गौतमले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा गराउन सरकारले तयारी सुरु गरिसकेको स्पष्ट पारेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री गौतमले सरकारले एकै चरणमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्ने तयारी गरेको बताएका हुन् ।

उनले भने,‘एकै चरणमा निर्वाचन गर्नेबारे प्रधानमन्त्री शेरबहादुर देउवाजीलेपनि निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरिसक्नुभएको छ, सरकार एकै चरणमा निर्वाचन गराउन सक्षम छ, हामी पूर्ण तयारी अवस्थामा छौं।’ उनले माघ ७ गतेभित्रै सबै निर्वाचन गर्नुपर्ने भएकोले सरकार यसबारेमा गम्भिर भएर लागिपरिरहेको बताए ।

साक्षात्कारमा बोल्दै उनले एकै चरणमा निर्वाचन गराउँदा राम्रो हुने समेत बताए । उनले थपे,‘एकै चरणमा निर्वाचन गराउँदा कम खर्च हुन्छ, त्यसैले प्रधानमन्त्रीजीले निर्वाचन आयोगसँग छलफल गरिसक्नुभएको हो, यसबारेमा आयोगपनि सकारात्मक छ, अन्य पार्टीहरुसँगपनि सरसल्लाह गरेर एकै चरणमा निर्वाचन गराउनेगरि छिट्टै मिति घोषणा हुन्छ, सोही अनुसार सरकार तयारी अवस्थामा छ, सरकारले चाह्यो भने किन नहुनु ? निर्वाचन एकै चरणमा गर्न संभव छ।’

त्यस्तै उनले राजपालाई पनि निर्वाचनमा सहभागी गराउनको लागि सरकारले ईमानदार प्रयास गरिरहेको जनाए । उनले भने,‘राजपालाई पनि निर्वाचनमा सहभागी गराउन सरकारले पहल गरिरहेको छ, असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा उहाँहरुलाई सहभागी गराउन हामी ईमानदार भएर लागिपरेका छौं।’ राजपाकै माँग बमोजिम सरकारले नीतिगत रुपमा संशोधन प्रस्ताव सदनमा पेश गरेको स्पष्ट पारे ।

मन्त्री गौतमले भने,‘हामीसँग संशोधन प्रस्ताव पारित गराउन दुई तिहाई मत छैन, त्यसैले प्रस्ताव भोटिङमा गए यसको रिजल्टलाई सबैले स्विकार गर्नुपर्छ।’

त्यस्तै उनले नेपाल कृषि प्रधान देश भएकोले सिँचाई व्यवस्थालाई सुदृढ गर्न आफू गम्भिर भएर लागिपर्ने समेत विश्वास दिलाए । उनले सिँचाईसम्बन्धी योजना धेरै वर्ष पूरानो भएकोले आफ्नो प्रथम योजना नै सिँचाईसम्बन्धी नयाँ मास्टर प्लान ल्याउने विश्वास दिलाए ।

मन्त्री गौतमले भने,‘राष्ट्रिय गौरवको आयोजनाहरु कार्यान्वयन गर्नु मेरो पहिलो प्राथमिकता हो।’ उनका अनुसार बबही, भेरी, सिक्टा र रानी जमारा सिँचाई आयोजनाहरुलाई समयमै कार्यान्वयन गर्नको लागि आफू गम्भिर रहेको जनाए । ‘म त बर्दियाको मान्छे, भावानात्मक रुपमा पनि म यस्ता सिँचाई आयोजनाहरुसँग जोडिएको छु, अब साना तथा मझौला आयोजनाहरुलाई समेत अघि बढाउनेछु, उनले थपे,‘अब कृषि उत्पादनलाई समेत अघि बढाउने मेरो प्राथमिकता छ।’

कृषिलाई उद्योगको रुपमा विकास गर्ने आफ्नो योजना रहेको उनले सुनाए । उनले थपे,‘अन्तर मन्त्रालय समन्वय गरेर खासगरि कृषि, स्थानीय तथा वातावरण मन्त्रालयवीच एकीकृत रुपमा यसबारेमा छलफल गरेर अघि बढ्नुपर्छ।’

त्यस्तै नदी नियन्त्रण, बाढिपहिरो लगायतका प्राकृतिक विपद्को व्यवस्थापन गर्ने र जनतालाई राहत दिनेगरि आफू अघि बढ्ने समेत जनाए । त्यस्तै उनले कृषियोग्य जमिनमा सिँचाई पुर्याउने आफ्नो लक्ष्य रहेको समेत योजना सुनाए । गौतमले उर्जा क्षेत्रमा नयाँ काम भए अनुसार सिँचाई क्षेत्रमा पनि राम्रो काम हुने विश्वास दिलाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला