2026-07-04 03:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

…अनि संसदमा ज्ञानेन्द्र शाहीले प्रतिप्रश्न गरे- मदन भण्डारीको हत्याको याद आएन ?

काठमाडौँ |  राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले मदन भण्डारीको हत्यारा पत्ता लगाउन कसले रोकेको भन्दै प्रश्न गरेका छन् । आइतबार प्रतिनिधिसभाको विशेष समयमा उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पनि वकालत गरे ।

त्यसअघि संदमा बोलेका एमाले सांसद रघुजी पन्तले राजतन्त्रमा त्रैलोक्यविक्रम शाहको युवराज हुदाँ हत्या भएको बताएका थिए । सो प्रसंगको जवाफमा शाहीले मदन भण्डारीको हत्याको विषय उठाए ।

‘मदन भण्डारीको हत्या कसले गर्‍यो त्यो हत्यारा पत्ता लगाउँछु भन्ने मान्छे अहिले यो देशको प्रधानमन्त्री हुनुहुन्छ । मदन भण्डारीको हत्यारा पत्ता लगाउन कसले रोक्यो । त्यसको जवाफ संसदलाई चाहिन्छ । राष्ट्रपति तपाईंकै थिए । सदनमा दुई तिहाइ तपाईंहरूको थियो अनि मदन भण्डारीको हत्याको याद आएन ?,’ शाहीले भने ।

अहिलेको व्यवस्थमा चुनाव हारेका ‘हरूवा चरुवाहरू’ मन्त्री बन्दै प्रधानमन्त्री बन्ने चुनावै नजितेर पनि सांसद बन्न पाउने उनले बताए । पछिल्लो १६ वर्षमा १४ पटक सरकार परिवर्तन भएको, झन्डै एक हजार मन्त्रीहरू भएको, ३१ वटा मुख्य मन्त्री भएको ३० वटा प्रदेश प्रमुख भए तीन जना राष्ट्रपति ३ जना उपराष्ट्रपति भएको उनले बताए । झन्डै तीन हजार सांसद भएको पनि उनले बताए । ‘सबै मिलेर खान पाएपछि यो व्यवस्था उत्तम भयो भन्नु स्वभाविक हो,’ उनले भने ।

संसदमा भाषण गर्ने नेतादेखि उच्च पदस्थ कर्मचारीका छोराछोरी युरोप असमेरिका पढ्ने गरिबका छोराछोरी खाडीमा गएर बेल्चा हान्नुपर्ने बाध्यता रहेको उनले बताए ।

‘काण्ड सम्झाइदिउँ निर्मला पन्तको बलत्कारपछि हत्या भयो तपाईंहरूको गृहमन्त्री फेरि कति प्रधानमन्त्री फेरिए कति पटक ओल्लो पक्ष पल्लो पक्ष सरकारमा गयौ अहिलेसम्म निर्मला पन्तको हत्यारा पत्ता लगाउन सकेका छौ ?’ सांसद शाहीले भने, ‘बाँदरमुडे घटना याद छ निहत्था नागरिकलाई बम हानेका हो कि होइन ? लमजुङको शिक्षक मुक्ति अधिकारीको हत्या गर्ने हत्याराहरू यही संदमा सांसद भएर हिँडेका छन् । यो हो व्यवस्था ? खुला मञ्चमा बसेर ५ हजार मान्छे मारेको जिम्मा लिन्छु भन्ने व्यक्ति प्रधानमन्त्री बन्ने देश हो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ