पर्वत । जिल्ला समम्वय समिति पर्वतको निर्वाचन आजलाई तोकिएको छ ।जिल्ला समन्वय समितिको संयोजकका लागि नेकपा एमाले र नेपाली काँग्रेस विच प्रतिश्पर्दा हुने भएको छ । नेपाली काँग्रेस तर्फ ६ र एमाले तर्फ ८ जना जनप्रतिनिधि छन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  पर्वत । जिल्ला समम्वय समिति पर्वतको निर्वाचन आजलाई तोकिएको छ ।जिल्ला समन्वय समितिको संयोजकका लागि नेकपा एमाले र नेपाली काँग्रेस विच प्रतिश्पर्दा हुने भएको छ । नेपाली काँग्रेस तर्फ ६ र एमाले तर्फ ८ जना जनप्रतिनिधि छन"/>
2026-07-25 09:41 PM
पर्बत - PBT

जिसस पर्वतको चुनाव – कागको मुखको मासु खोस्ने दाउमा काँग्रेस

 पर्वत । जिल्ला समम्वय समिति पर्वतको निर्वाचन आजलाई तोकिएको छ ।जिल्ला समन्वय समितिको संयोजकका लागि नेकपा एमाले र नेपाली काँग्रेस विच प्रतिश्पर्दा हुने भएको छ । नेपाली काँग्रेस तर्फ ६ र एमाले तर्फ ८ जना जनप्रतिनिधि छन् । नेपाली काँग्रेसबाट संयोजकमा कुनपा ७ का परशुराम पुरीले उम्मेदवारी दिएका छन् भने एमालेको तर्फदेखि दलित नेता मनोहर वि पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै काँग्रेसको तर्फदेखि सहसंयोजकमा लालकु्मारी सिकेको उम्मेदवारी परेको छ भने एमालेको तर्फदेखि  यामकुमारी रानाले उम्मेदवारी दिएकी छिन् । काँग्रेसको तर्फदेखि सदस्य पदमा कालीभक्त शर्मा (खुर्कोट), हरिबहादुर कार्की (माझफाँट) हरिमाया गुरुङ्ग (धाइरिङ्ग), लक्ष्मी आचार्य (बाच्छा), निर्मलाकुमारी शर्मा (शंकरपोखरी), मायाकुमारी शर्मा (धाइरिङ्ग) र खैसरा दर्जी (बर्राचौर) ले उमेदवारी दर्ता गरेका छन । त्यसैगरी एमालेको तर्फदेखि ज्ञानबहादुर भण्डारी, महाशिला गाउँपालिका १ का बिष्णुराम बिक, फलेवास नगरपालिका ठानामौलाकी कबिता बिक, मोदी गाउँपालिका ६ तिलाहारका नन्दलाल सुबेदी, जलजला गाउँपालिका लेखफाँटका ओमप्रसाद रेग्मी, विहादी गाउँपालिका रानीपानीकी बिष्णुमाया पौडेल र पैञ्यु गाउँपालिका हुवासकी शर्मिला नेपालीले उम्मेदवारी दिएका छन् ।

एमालेका जनप्रतिनिधिको संख्या दुइले बढि भएका कारण प्रत्यक्ष रुपमा एमालेले जित्ने पक्का छ । आन्तरिक रुपमा चलखेल नभए एमालेले बाजी मार्ने देखिन्छ तर काँग्रेस आफू अल्पमतमा परेता पनि जित्ने दाउमा छ । एमाले भित्रकै नेताहरुको  मतदानबाट आफूहरु विजयी हुने काँग्रेसले दाबी गर्दे आएको छ ।

जिल्ला समन्वय समितिको निर्वाचनमा स्थानिय तहका अध्यक्ष र उपाध्यक्षले मात्र मत हाल्न पाउने ब्यबस्था छ । पर्वतका २ नगरपालिका प्रमुख र उपप्रमुख तथा ५ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष गरी १४ जनाले मतदान गर्नेछन् । जसमध्ये एमालेको पक्षमा आठ मत छन् भने नेपाली कांग्रेसका ६ मत छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ