५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

काठमाडौँमा शुक्रबार सकेसम्म बाहिर ननिस्कन अष्ट्रे‍लियाली दूतावासले गर्‍यो अपिल

१४ चैत्र २०८१, बिहीबार १८:२४

काठमाडौँ | नेपालस्थित अष्ट्रेलियाली दूतावासले शुक्रबार काठमाडौँमा ठूला राजनीतिक प्रदर्शनहरू हुने अनुमान गर्दै त्यो दिन सकेसम्म घरबाहिर ननिस्कन आफ्ना नागरिकहरूलाई सचेत गराएको छ।

अष्ट्रेलियाली दूतावासले बुधबार सार्वजनिक सूचना जारी गर्दै शुक्रबार काठमाडौँ उपत्यकामा ठूला राजनीतिक प्रदर्शनहरू हुने अनुमान गरिएकाले यातायात अबरुद्ध हुनसक्ने र ठूलो संख्यामा सुरक्षा उपस्थिति हुने भएकाले सचेत रहन सूचना जारी गरेको हो।

दूतावासले त्यो दिन साबधानी अपनाउन, बाहिरफेरो कम निस्कन, प्रदर्शनबाट प्रभावित क्षेत्र तथा भिडभाडलाई सकेसक्म छल्न र समाचारबाट अपडेट रहन पनि आफ्ना नागरिकहरूलाई आग्रह गरेको छ।

दूतावासले कर्फ्युलगायत स्थानीय अधिकारीहरूका निर्देशन पालना गर्न पनि अपिल गरेको छ।

आगामी चैत १५ गते शुक्रबार काठमाडौँमा नेकपा माओवादी केन्द्रको अगुवाइमा गणतन्त्रवादीहरूको जुलस निकाल्ने तयारी छ भने राजसंस्था पक्षधरहरूले पनि प्रदर्शनको तयारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता