2026-07-01 04:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

किन गर्यो एमाले दार्चुलाले जिल्ला कमिटी विघटन ?

2017-08-02

लोकेन्द्र प्रशाद जोशी/साउन १८, दार्चुला । स्थानीय तह निर्वाचनको समीक्षा गर्न बसेको नेकपा एमाले दार्चुलाको विस्तारित बैठकले जिल्ला कमिटी नै विघटन गरेको छ । 

आइतबार सुरु भएको एमाले विस्तारित बैठकले जिल्ला कमिटी विघटन गरेपछि जिल्ला अध्यक्ष रामदत्त जोशीको संयोजकत्वमा ५४ सदस्य रहेको जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरिएको छ ।

बैठकले पार्टीको आठौ जिल्ला अबिधेशन आगामी भदौ २८, २९ र ३० गते आयोजना गर्ने निर्णय गरेको छ ।

दोस्रो संविधान सभा निर्वाचनमा प्रत्यक्ष तर्फ जित हासिल गरेको एमालेले जिल्लाका तीन स्थानीय तहमा मात्र जितेको र दुई नगरपालिका सहित ६ स्थानिय तहमा हार व्यहोरेकाले जिल्ला नेतृत्वको आलोचना हुँदै आएको थियो । 

वर्तमान जिल्ला कमिटीको म्याद नै समाप्त भएकोले जिल्ला कमिटी विघटन गरेर जिल्ला अधिवेशनको तयारी गर्न यस्तो निर्णय गरिएको प्रचार विभाग प्रमुख खडक बडालले जानकारी दिनुभयो ।

जिल्लामा व्यहोरेको हारपछि एमाले समर्थित युवाहरुले सामाजिक सञ्जालमार्फत पनि पार्टी नेतृत्वको विरोध गर्दै पार्टीलाई सुदृढ ढंगले सञ्चालन गर्नुपर्ने माग राख्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ