पर्वत, १८ साउन । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत, १८ साउन ।
2026-07-01 04:11 AM
पर्बत - PBT

डेढ वर्षपछि काँग्रेस पर्वतले ग¥यो जिल्ला कार्यसमिति विस्तार

2017-08-02

पर्वत, १८ साउन । १३ औ महाधिवेशन भएको डेढ वर्षपछि नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतका सभापति खिमप्रसाद भुसालले पार्टीको विधान तथा नियमावलीको अधिनमा रही बुधवार जिल्ला कार्यसमिति विस्तार गर्नुभएको छ ।
सभापति भुसालले मनोनित गरेका कार्यसमिति सदस्यहरुमा क्रमशः खगेन्द्रप्रसाद तिवारी, कुलप्रसाद उपाध्याय, डा. चूडामणि शर्मा र मानबहादुर भुषाल हुनुहुन्छ । तीमध्य खगेन्द्रप्रसाद तिवारी १३ औं जिल्ला अधिबेशनमा सभापति भुसालसँगै चुनाव लडेका व्यक्ति हुनुहुन्छभने कुलप्रसाद उपाध्याय पार्टीका पूर्व सचिव तथा नेपाल शिक्षक संघ पर्वतका पूर्व अध्यक्ष हुनुहुन्छ । त्यसरीनै डा. चूडामणि शर्मा पनि नेपाल शिक्षक संघ पर्वतका पूर्व अध्यक्ष र मानबहादुर भुसाल पार्टीका पूर्व जिल्ला सदस्य हुनुहुन्छ ।
सभापति भुसालले पर्वत क्षेत्र नं १ बाट ६ जना र पर्वत क्षेत्र नं २ बाट ७ जना व्यक्तिहरुलाई आमन्त्रित सदस्यमा मनोनित गर्नुभएको छ । जसमा क्षेत्र नं १ बाट रामचन्द्र जोशी, विद्वान गुरुङ, युवराज जोशी, सोम पुन, हेमराज सापकोटा र कमला शर्मा हुनुहुन्छ भने क्षेत्र नं २ बाट डम्बरकुमार प्रधान, एकनारायाण न्यौपाने, डिल्लीराम उपाध्याय, जीतबहादुर नेपाली, देवीप्रसाद विलासी, हरि न्यौपाने र मिना बस्याल हुनुहुन्छ ।
त्यसैगरि सभापति भुसालले बुधवारनै १८ सदस्यीय सल्लाहकार समिति समेत चयन गर्नुभएको छ । जसमा लालकाजी गुरुङ, नबराज गुरुङ, ऋषिकेश तिवारी, लोकनाथ आचार्य, रामशर्मा पौडेल, बसन्तबहादुर सिके, डा. कुशुमाकर न्यौपाने, गिरीराज गौतम, कृष्ण गौंडेल, ललितकला गुरुङ, बलभद्र शर्मा, गंगाराज शर्मा, काशीकुमार जोशी, तिलकबहादुर कुँवर, सोमलाल आचार्य, धनबहादुर राना, ताराप्रसाद भट्टराई र भगवती शर्मा हुनुहुन्छ ।
पर्वतका दुईवटा निर्वाचन क्षेत्रबाट अझै चारजना सदस्यहरु जिल्ला कार्यसमितिमा मनोनित गर्न बाँकी रहेको जिल्ला सचिव युक्तप्रसाद श्रेष्ठले जानाकारी दिनुभयो । बाँकी रहेका जिल्ला सदस्यहरु समेत निकट भविस्यमै मनोनित गरिने र आवश्यकता अनुसार विभिन्न विभागहरु पनि गठन गरिने पार्टी सचिव श्रेष्ठले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ