साउन २०, बर्दिया । सिँचाइ मन्त्री सञ्जय गौतमले बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकालगायतका क्षेत्रमा बाढीको जोखिम न्यूनीकरण गर्न बबई नदी नियन्त्रणको गुरुयोज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २०, बर्दिया । सिँचाइ मन्त्री सञ्जय गौतमले बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकालगायतका क्षेत्रमा बाढीको जोखिम न्यूनीकरण गर्न बबई नदी नियन्त्रणको गुरुयोज"/>

2026-09-19 01:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बबई नदी नियन्त्रण गर्न गुरुयोजना: सिँचाइ मन्त्री


साउन २०, बर्दिया । सिँचाइ मन्त्री सञ्जय गौतमले बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकालगायतका क्षेत्रमा बाढीको जोखिम न्यूनीकरण गर्न बबई नदी नियन्त्रणको गुरुयोजनामार्फत अघि बढ्ने बताउनुभयो । 

बबई सिँचाई आयोजनाको स्थलगत अनुगमनका क्रममा उहाँले गुलरियाको भविष्य सुरक्षित गर्न त्यस्तो गुरुयोजना अघि बढाउने जानकारी दिनुभयो । 

बबई सिँचाइ आयोजनाको सानोश्री, ढोढरी, वैदीलगायतका क्षेत्रमा स्थलगत निरीक्षण गर्नुभएका मन्त्री गौतमले बाढीको जोखिममा रहेको बर्दियामा बाढी नियन्त्रणको प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

उहाँले बबई सिँचाइ आयोजनाको सबै कुरा बुझेरमात्र काम अघि बढाइने बताउँदै आयोजनाको सूक्ष्म अध्ययनपश्चात् धेरै काम गर्ने स्पष्ट पार्नुभयो । आफूले यो काम गर्छु भनेर भन्नुभन्दा पनि काम गरेर देखाउने छु, उहाँले भन्नुभयो । 

बबई सिँचाइ आयोजनाको आरम्भकाल २०४५ सालदेखि हालसम्म ५० प्रतिशतमात्र काम सम्पन्न भएको छ । आयोजना अवधिमा रु १२ अर्ब ६७ करोड खर्च हुने अनुमानित लागतमध्ये हाल सम्म रु ६ अर्व ३ करोड खर्च भइसकेको आयोजनाले जनाएको छ । रासस 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई