साउन २३, विराटनगर । आपूर्ति मन्त्री शिवकुमार मण्डलले संविधानलाई कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको काँधमा रहेको बताउनुभएको छ । 

प्रेस सेन्टर नेपालद्वा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २३, विराटनगर । आपूर्ति मन्त्री शिवकुमार मण्डलले संविधानलाई कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको काँधमा रहेको बताउनुभएको छ । 

प्रेस सेन्टर नेपालद्वा"/>

2026-07-25 04:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जग्गा खरिद प्रकरणमा अनियमित गर्नेलाई कारवाही गरेर कारबाही हुन्छ’

साउन २३, विराटनगर । आपूर्ति मन्त्री शिवकुमार मण्डलले संविधानलाई कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको काँधमा रहेको बताउनुभएको छ । 

प्रेस सेन्टर नेपालद्वारा आज विराटनगरमा उहाँको सम्मानमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उहाँले राष्ट्रिय जनता पार्टी (राजपा) लाई निर्वाचनमा सहभागी गराउन सक्यो भने सरकारका लागि ठूलो सफलता हुनेछ भन्नुभयो । 

उहाँले संविधानलाई सर्वस्वीकार्य बनाउन अघिल्लो सरकारले सुरु गरेका कार्यलाई निरन्तरता दिँदै राजपालाई निर्वाचनमा सहभागी गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । आगामी माघ ८ गतेभित्रै प्रदेश र संघीय संसद्को निर्वाचन गराउन सरकार गम्भीर रहेको उहाँको भनाइ थियो । 

नेपाल आयल निगमद्वारा खरिद गरिएको जग्गा प्रकरणको सम्बन्धमा बोल्दै उहाँले कानूनी रुपमा जे जस्तो देखिए पनि व्यावहारिक रुपमा बढी मूल्यमा जग्गा खरिद गरिएको देखिएकाले त्यस्ता गलत प्रवृत्तिको विरुद्धमा आफूले कडा कारवाही गराएर छाड्ने दृढता व्यक्त गर्नुभयो । 

दशैं तिहारको समयमा अतिआवश्यक वस्तुको कृतिम अभाव र मूल्य बढ्न नदिन सरकार गम्भीर रहेको प्रसंग उल्लेख गर्दै उहाँले कृत्रिम अभावलाई नियन्त्रण गर्न कडा अनुगमन गरिने बताउनुभयो । 

उहाँले कालोबजारीलाई नियन्त्रण र दण्डित गर्न ऐन संशोधनको प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो । नेशनल टे«डिङ लिमिटेड धराशायी अवस्थामा रहेकाले यसलाई नयाँ रुपमा ढाल्न मन्त्रालयले ठोस कदम चाल्ने मन्त्री मण्डलको भनाइ थियो । 

प्रेस सेन्टर नेपाल मोरङका अध्यक्ष गोकुल पराजुलीेले उहाँलाई कार्यकालको सफलताको शुभकामना प्रकट गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक