साउन २३, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी भदौ ७ देखि ११ गतेसम्म दक्षिणी छिमेकी मुलुक भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ । 

मन्त्रालयक"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २३, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी भदौ ७ देखि ११ गतेसम्म दक्षिणी छिमेकी मुलुक भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ । 

मन्त्रालयक"/>

२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीको भारत भ्रमणभदौ ७ देखि ११ गतेसम्म

२०७४, २३ श्रावण सोमबार १३:०७


साउन २३, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी भदौ ७ देखि ११ गतेसम्म दक्षिणी छिमेकी मुलुक भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ । 

मन्त्रालयको तत्कालीन कार्ययोजना सार्वजनिक गर्ने क्रममा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्रीको भारत भ्रमणको मिति करिब तय भइसकेको बताउँदै भ्रमणका कार्यसूचीका बारेमा छलफल भइरहेको जानकारी दिनुभयो । 

सञ्चारकर्मीका जिज्ञासामा उपप्रधानमन्त्री महराले दुई ठूला छिमेकी चीन र भारतबीचको सम्बन्ध शान्तिपूर्ण, कूटनीति र वार्ताका माध्यमले सुमधुर रहिरहोस् भन्ने नेपालको स्पष्ट नीति रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाको भारत भ्रमणअघि चीनका उपप्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय चिनियाँ प्रतिनिधमण्डलको नेपाल भ्रमण हुने र सो भ्रमण नेपालको भूकम्पपछिको पुनःनिर्माणमा केन्द्रित हुने उहाँको भनाइ थियो । 

उपप्रधानमन्त्री महराका अनुसार यही साउन २६ गतेदेखि नेपालमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)का सदस्य मुलुकको मन्त्रिस्तरीय सम्मेलन हुने छ । त्यसको आवश्यक तयारी भइरहेको छ । सम्मेलनमा सातै सदस्य मुलुकका विदेशमन्त्री वा सो सरहको सहभागिता रहनेछ । मन्त्रिस्तरीय सम्मेलनपछि बिमस्टेकको शिखर सम्मेलनसमेत आयोजना गरिने छ । 

आर्थिक कूटनीतिमा जोड 

उपप्रधानमन्त्री महराले अन्तर्राष्ट्रियस्तरमा नेपालको सम्मान र प्रतिष्ठा अझ माथि उठाउने र समृद्ध नेपालका लागि आर्थिक कूटनीतिको प्रभावकारी सञ्चालन गर्ने मुलकको परराष्ट्रसम्बन्धी तत्कालीन प्रमुख लक्ष्य भएको बताउनुभएको छ । 

‘मौलिक, स्वतन्त्र र स्वाधीन नेपाली पराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्मान र राष्ट्रिय समृद्धिका लागि कूटनीति’ भन्ने नाराका साथ तत्कालीन कार्ययोजना सार्वजनिक गरिएको छ । कार्ययोजनामा दुवै छिमेकी मुलुकसँग हालैका वर्षमा सम्पन्न गरिएका सन्धिसम्झौता र समझदारीको कार्यान्वयनको व्यवस्था मिलाइने उल्लेख छ । साथै चीन सरकारसँग हस्ताक्षर गरिएको ‘एक क्षेत्र एक मार्ग’ (ओबोर) बाट मुलुकले अधिकतम लाभ लिन अन्तरमन्त्रालय वा निकाय संयन्त्र बनाई ठोस अधिकार र जिम्मेवारी दिइने उपप्रधानमन्त्री महराले बताउनुभयो । 

कार्ययोजनामा परराष्ट्र मन्त्रालयको संरचनात्मक सुधारका लागि मन्त्रालयमा नियमित रुपमा कर्मचारी, राजदूत तथा विज्ञबाट समसामयिक एवं परराष्ट्र नीतिका दृष्टिकोणबाट महत्पूर्ण विषयमा अन्तरक्रिया गराइने व्यवस्था मिलाइने उ्रल्लेख छ । त्यस्तै पूर्वपरराष्ट्रमन्त्री, पूर्वपरराष्ट्र सचिव, पूर्वराजदूत तथा कूटनीतिक क्षेत्रका अनुभवी व्यक्तित्वको क्षमता र अनुभवबाट राष्ट्रले लाभ लिन सक्ने गरी सल्लाहकार समिति बनाई काम गरिने मन्त्रालयको योजना छ । 

वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दाे र सम्मानित बनाउन सम्बन्धित निकायसँग समन्वय गरी काम गरिने र त्यसका लागि नेपाली नियोगलाई प्रभावकारी रुपमा परिचालन गरिने छ । उप्रधानमन्त्री महराले अन्तर्राष्ट्रिय मञ्चमा भूपरिवेष्ठित देशको समूहलाई प्रभावकारी बनाउन पहल गरिने बताउनुभयो । 

नेपालको संविधानमासार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्न क्रियाशील रहँदै संयुक्त राष्ट्र संघको बडापत्र, अंसलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानून र विश्व शान्तिको मान्यताका आधारमा राष्ट्रको सर्वाेपरि हितलाई ध्यानमा राखी स्वतन्त्र परारष्ट्र नीति सञ्चालन गरिने उल्लेख छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै