साउन २५, बुटवल । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्र र प्रदेशको निर्वाचन एकैदिनमा गर्न सम्भव रहेको बताउनुभएको छ । 
"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २५, बुटवल । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्र र प्रदेशको निर्वाचन एकैदिनमा गर्न सम्भव रहेको बताउनुभएको छ । 
"/>

२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केन्द्र र प्रदेशको चुनाव एकैदिन सम्भव छ: प्रचण्ड

२०७४, २५ श्रावण बुधबार १०:३५


साउन २५, बुटवल । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्र र प्रदेशको निर्वाचन एकैदिनमा गर्न सम्भव रहेको बताउनुभएको छ । 

प्रेस सेन्टर रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले दुवै तहको निर्वाचन मंसिरको पहिलो साताभित्र हुन सक्ने सम्भावना रहेको छ भन्नुभयो । 

पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले प्रदेश र केन्द्रको चुनाव एकैदिन गराउन सम्भव हुने र यसका लागि कुनै संवैधानिक अप्ठ्यारो नपर्ने उल्लेख गर्दै एउटै मतपत्र र बाकस बनाएर एकैदिन केन्द्र र प्रदेशको निर्वाचन गराउन सकिन्छ भन्नुभयो । 

केन्द्र र प्रदेशसभाको निर्वाचन मंसिरमा गर्ने विभिन्न विकल्पमा दलबीच छलफल भइरहेको र छिट्टै सहमतिमा पुगेर निर्वाचन घोषणा हुने बताउँदै उहाँले प्रत्यक्षका उम्मेदवारले प्राप्त गरेका मतलाई पनि समानुपातिकको मान्ने, धेरै मतदाता भएका मतदान केन्द्रमा बुथ संख्या थप्ने र एकै चरणमा निर्वाचन गर्न सकिने विकल्पहरुमा छलफल भइरहेको स्पष्ट पार्नुभयो । 

अध्यक्ष दाहालले केन्द्र र प्रदेशको एकैदिन निर्वाचन भयो भने चुनाव खर्च न्यून हुने बताउँदै नेपालको सन्दर्भमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक हुने धारणा व्यक्त गर्नुभयो । 

पार्टी संगठन कमजोर र फुटका कारण स्थानीय तहको निर्वाचनमा पार्टीले अपेक्षाकृत नतिजा प्राप्त गर्न नसिकएको स्वीकार गर्दै उहाँले परिवर्तन र अग्रगामी निकासको पक्षमा पार्टी हुँदाहुँदै पनि स्थानीय तहको निर्वाचनमा अपेक्षाकृत नतिजा नआएको विषयमा पार्टीमा आन्तरिक छलफल भइरहेको जानकारी दिनुभयो । 

अध्यक्ष दाहालले केही प्रवृत्ति र तत्वहरु यो संविधानलाई असफल बनाउन खोजिरहेका छन् तर त्यस्ता तत्व सफल हुन सक्दैन् भन्दै संविधान संशोधन प्रस्ताव पारित गराउन सरकारले चाँडै नै यसलाई प्रक्रियामा लैजाने बताउनुभयो । 

तेस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता दल पनि सहभागी हुने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “राजपा निर्वाचनमा नआए उसका लागि राजनीति आत्मघाती हुनेछ ।” 

पे्रस सेन्टर रुपन्देहीका अध्यक्ष भुवन कार्कीको अध्यक्षता सो कार्यक्रम सम्पन्न भयो । पार्टीको प्रदेश नं ५ स्तरीय आन्तरिक कार्यकर्ता भेलामा सहभागी हुन उहाँ बुटवल आउनुभएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै