साउन २७, घोराही । जिल्ला समन्वय समिती दाङको सभापतीमा जितेन्द्रमान नेपाली निर्बिरोध भएका छन् । 

निर्वाचन कार्यक्रममा निर्धारित समय भित्र बिहिब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २७, घोराही । जिल्ला समन्वय समिती दाङको सभापतीमा जितेन्द्रमान नेपाली निर्बिरोध भएका छन् । 

निर्वाचन कार्यक्रममा निर्धारित समय भित्र बिहिब"/>

2026-09-19 07:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

जिल्ला समन्वय समिति दाङको सभापतिमा नेपाली


साउन २७, घोराही । जिल्ला समन्वय समिती दाङको सभापतीमा जितेन्द्रमान नेपाली निर्बिरोध भएका छन् । 

निर्वाचन कार्यक्रममा निर्धारित समय भित्र बिहिबार माओबादीकी रेमन्ता पुनले आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि नेपाली सभापतिमा निर्बिरोध निर्बाचित भएका हुन् । त्यसैगरी उपसभापतिमा कांग्रेस र माओबादी बीच चुनाब हुने, एमालेका पुराना नेता अम्मर डागीपनि कांग्रेससंगको सहमतीको पक्षमा रहेको बताईएको छ ।

एमाले र माओबादी बीच भएको यसअघिको पूर्ब सहमती कार्यान्यवयन गर्ने बिषयमा नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्का र माओबादी जिल्ला इन्चार्ज जिबन  गौतम बीच सहमती भएपछि माओबादीबाट समन्वय समितीको प्रमुखमा उम्मेद्वारी दिएकी घोराही १७ की वडा सदस्य रेमन्ता पुनले उम्मेद्वारी फिर्ता लिईएकी थिइन् ।

 पुनले उम्मेद्वारी झिकेपछि जितेन्द्रमान नेपाली निर्बीरोध समन्वय समितीको प्रमुख बनेका छन् । तर आधिकारीक रुपमा यस बिषयमा निर्बाचन समितीले जानकारी दिएको छैन ।यसअघि दुबै पार्टी बीच प्रमुखसहित ५ सदस्य एमालेले लिने र उपसभापति  सहित ४ सदस्य माओबादिले लिने सहमति भएको र उक्त सहमती कार्यान्वयन गर्ने गरी दुबै दलको सल्लाहमा उम्मेद्वारी फिर्ता लिइयको जिल्ला इन्चार्ज जिबन गौतमले बताए  । पछिल्लोपटक कांग्रेस र एमाले बीच पनि भनिएको सहमतीपछि पार्टी भित्र देखिएको अन्तरबिरोधले थप अन्यौलता भने कायम गरेको छ । एमालेका जिल्ला इन्चार्ज मेटमणि चौधरिको नेतृत्वमा सचिब हिराचन्द्र केसी, उपसचिब शुरामणि बेलबासे, सचिबालय सदस्य गेहेन्द्र बस्नेत, बिबेक श्रेष्ठ सहितको एमालेको टाेलीले कांग्रेसका जिल्ला सचिब शंकर डागी, क्षेत्रिय सभापती भुपबहादुर डागी, गिरिराज सुबेदी बीच समन्वय समितीमा मिलेर जाने लिखित सहमती भयको कुरा सार्बजनिक भएको थियो । 

उप सचिब बेलबासेले  कांग्रेससगको सहमती खारेज भए नभएको बिषयमा केही बोलेका छैनन । कांग्रेस सचिब शंकर डागीले एमालेका जिम्मेवार नेताहरु बसेर गरेको कांग्रेससगको सहमती कार्यान्वयन हुनेमा आफुहरु बिस्वस्त रहेको बताए । सहमती कार्यान्वयन हुन्छ की हुदैन भनेर एमालेलाई शका गर्न आबश्यक नरहेको भन्दै उनले सहमती बमोजिम नै सभापतीसहित ५ वटा सदस्यमा उम्मेद्वारी नदिएको स्पष्ट पारे । उपसभापतिमा माओबादीका श्रीधर शर्मा र कांग्रेसका नित्यानन्द शर्मा बीच प्रतीष्पर्धा हुनेछ । यसमा एमाले निर्णायक देखिएको छ । उपसभापतिमा कांग्रेसलाई जित्न ३ मत एमाले र माओबादीबाट तान्नुपर्ने आबश्यक देखिएको छ  । 

दशवटा स्थानीय तहमा प्रमुख उपप्रमुखसहित  एमालेको १०, कांग्रेसको ८ र माओबादी केन्द्रको २ रहेको छ । तर एमालेका पुराना नेताहरुले पछिल्लो पटक कांग्रेसग भएको सहमती कार्यान्वयन गर्नुपर्ने पक्षमा देखिएका छन । 

माओबादीसगको सहमती हतारमा गरिएको टिप्पणि गर्दै पूर्ब मेयर तथा अहिलेको स्थानीय तहको चुनाबमा निर्णायक भुमिका खेलेका अम्मर डागीले अबको चुनाबमा पनि माओबादी भन्दा पनि कांग्रेस प्रतीष्पर्धि भएकाले तत्कालको परिस्थिती र आबश्यक्तालाई मध्यनजर गरीएको निर्णय सकारात्मक रहेको र  यसलाई सचिबालयको बैठक बसेर पार्टीको एउटै धारणा सार्बजनिक गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो