2026-07-01 06:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सीपयूक्त कामदर भए मात्र बैदेशिक रोजगार आम्दानीयूक्त हुन्छ: नगरप्रमुख थापामगर

2017-08-15

रामचन्द्र वि.क./साउन ३१, रामेछाप । रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापामगरले बैदेशिक रोजगारीमा जाने यूवा शक्तिलाई सीपयूक्त बनाएर पठाउन सके मात्र उनीहरुको बैदेशिक रोजगार सुरक्षित, मर्यादित,भरपर्दो र आम्दानीयूक्त हुने बताउनुभएको छ ।


साेमबार चारघरे सेवा समिति रामपुर रामेछापको २३ औँ साधारणसभा तथा १२ औँ अधिवेशनमा बोल्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

रामेछापबाट बैदेशिक रोजगारीमा जाने यूवाहरुलाई स्थानीय स्तरमा नै सीप दिनको लागि नगरपालिकाले योजना बनाइरहेको बताउदै नगर प्रमुख थापामगरले भन्नुभयाे-" यस्ता कार्यमा जिल्लामा बैदेशिक रोजगारीको क्षेत्रमा काम गर्ने गैरसरकारी संघसंस्थाहरुले पनि सहयोग गर्नुपर्छ ।" 'नगरपालिका भित्र काम गर्ने गैरसरकारी संघसंस्थाहरु सँग नगरपालिकाले समन्वय गरेर काम गराैँ – उहाँले भन्नुभयाे ।'

बैदेशिक रोजगारीबाट जिल्लामा भित्रने रेमिट्यान्सलाई उत्पानमूलक क्षेत्रमा लगाउन सके मात्र युवाहरुको श्रमको उचित सम्मान हुने बताउदै थापामगरले रेमिट्यान्सलाई सहकारीको माध्यमबाट बचत गर्दै आयआर्जनमा बृद्धि गर्न सकिने धारणा राख्नुभयो । 


यसैविच संस्थाको २३ औँ साधारणसभा तथा १२ औँ अधिवेशनले दिल बहादुर सुनुवारको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्यसमितिमा सविता कुमारी सुनुवार उपाध्यक्ष, इन्द्र रानामगर सचिब, सन्त बहादुर श्रेष्ठ कोषाध्यक्ष, सदस्यहरुमा क्रमशः भक्त कुमारी श्रेष्ठ, मुना श्रेष्ठ, श्यामलाल मगर, टेक बहादुर श्रेष्ठ र सुर्ज बहादर श्रेष्ठ चयन भएका छन् । 

चारघरे सेवा समितिका अध्यक्ष टिकाराम विश्वकर्माको अध्यक्षता तथा नगर प्रमुख नर बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ