भदौ १, नेपालगञ्ज । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकका बाढीपीडितको उचित व्यवस्थामा सबै उपाय अवलम्बन गरिने बताउनुभएको छ । 

बाँके, बर्दिया र कै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १, नेपालगञ्ज । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकका बाढीपीडितको उचित व्यवस्थामा सबै उपाय अवलम्बन गरिने बताउनुभएको छ । 

बाँके, बर्दिया र कै"/>

2026-07-24 09:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढीपीडितको उचित व्यवस्थापन गरिनेछ: प्रधानमन्त्री


भदौ १, नेपालगञ्ज । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकका बाढीपीडितको उचित व्यवस्थामा सबै उपाय अवलम्बन गरिने बताउनुभएको छ । 

बाँके, बर्दिया र कैलाली जिल्लाका बाढी प्रभावित क्षेत्रको हवाई तथा स्थलगत अवलोकन र पीडित परिवारलाई राहत वितरण गरी काठमाडौँ फर्कने क्रममा नेपालगन्ज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले सरकारले बाढी प्रभावितको सुरक्षित बसोबास तथा जीविकोपार्जनलाई मुख्य प्राथमिकतामा राखेको छ भन्नुभयो । उहाँले भन्नुभयो, “सरकार यो विषयमा अत्यन्त संवेदनशील छ, बाढीपीडितलाई तत्काल राहत उपलब्ध गराउन र दीर्घकालीन व्यवस्थापनका लागि आवश्यक गृहकार्य थालनी गरिएको छ ।” 

“बाढी प्रभावितको अवस्था अत्यन्त दयनीय छ, उनीहरुको आवश्यकता तत्कालको राहतले पूरा हुन सकेको छैन, यो कुरा सरकारले बुझेको छ, यसैका आधारमा सरकारबाट सबैखाले स्रोत र साधन परिचालन गरी पीडितको व्यवस्थापन छिटोभन्दा छिटो हुनेछ”, उहाँले भन्नुभयो । 

पत्रकार भेटघाटअघि प्रधानमन्त्री देउवालाई नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाले बाढी प्रभावितको समस्या उल्लेख गरिएको दशबुँदे ध्यानाकर्षणपत्र हस्तान्तरण गर्नुभएको छ । 

सो पत्रमा बाढीबाट विस्थापितको सुरक्षित बसोबास हुनुपर्ने, क्षतिग्रस्त पुल र सडक तत्काल मर्मत गरिनुपर्ने, बाढी आउन नदिन नदीमा तटबन्ध निर्माण गर्नुपर्ने, भारतले सीमा क्षेत्रमा निर्माण गरेको तटबन्ध बाढीको कारक भएकाले सो विषयमा सरकारीस्तरबाट सम्बद्ध पक्षसँग वार्ता गरिनुपर्ने लगायत माग समेटिएका छन् । 

सोही अवसरमा बाँके जिल्लाको लक्ष्मणपुर बाँधपीडित संघर्ष समितिका अध्यक्ष जगदीशबहादुर सिंहले छबुँदे मागसहितको ज्ञापनपत्र प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक