2026-07-01 07:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेले सरकारी सम्पति चोरी गरेको भन्दै सांसद गगन थापाको सदनमा आक्रोश

काठमाडौँ, ४ भदौ । निर्वाचन आयोगले मतदाता नामावली संकलनका क्रममा नेकपा (एमाले) का निर्वाचित जनप्रतिनिधिसँग मिलेर कार्यालय समयपछि आफूखुशी काम गरेको भनिएको विषयले सदनमा प्रवेश पाएको छ । 

व्यवस्थापिका– संसद्को आजको बैठकमा सभामुखसँग समय लिएर सदन र सरकारको ध्यानाकर्षण गराउँदै नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले सरकारी सम्पत्ति निजी व्यक्तिको घरमा लैजानु चोरी भएको भन्दै दोषीलाई कारबाही गर्न माग गरेका हुन् । बूढानीलकण्ठ नगरपालिकाका एमालेका निर्वाचित एक सदस्यका घरमा आयोगका कर्मचारीको मिलेमतोमा नामावली संकलन गरेको पाइएको र आयोगका ल्यापटपलगायत उपकरण प्रहरीले बरामद गरेको जानकारी थापाले सदनलाई गराएका थिए ।

त्यसबारे आयोगले दोषीमाथि कारबाही गर्न नसक्नु लाचारी भएको भन्दै थापाले आक्रोश पोखेका छन् । उनले निर्वाचनको पवित्रता र निष्पक्षतालाई हाँक दिनेलाई कारबाहीको माग समेत गरे ।  “एमालेले निर्वाचन आयोगले तोकेको समयभित्र कार्यालयमा भीड जम्मा गराउने अनि मध्यरात आफ्नो निवासमा कर्मचारीलाई लगेर मतदाता परिचयपत्र बनाउने काम गर्यो” थापाले भने ।

सांसद थापाले अपराधीलाई कारबाही र निर्वाचनको पवित्रतामा विश्वासको वातावरण बनाउनु पर्ने भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ