2026-08-29 01:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

माओबादीले बनायो कर्णालीकै पहिलो महिला मन्त्री, गृहजिल्लामा खुसियालि


नन्दराम जैशी/भदौ ५, जुम्ला । सांसद गोमा गौतम कुँवर कर्णालीकै पहिलो महिला मन्त्री बनेपछि कर्णालीबासि खुसि भएका छन् । 

माओबादि केन्द्रबाट प्रतिनिधित्व गर्दै सांसद गोमा गौतम कुँवर आइतबार पशुपक्षी राज्यमन्त्री बनेपछि कर्णालीबासिले खुसि ब्यक्त गरेका हुन् । कुँवर मन्त्री बनेपछि कर्णालीले पहिलो पटक महिला मन्त्री पाएको भन्दै कुँवरको गृह जिल्ला जुम्लाबासि तथा उहाँका शुभचिन्तक, आफन्तजनहरुले बधाइ दिन थालेका छन् । 

यतिखेर उहाँलाइ भेटेर मात्र होइन, टेलिफोन र सामाजिक संजाल मार्फत पनि बधाइ दिनेहरुको ओइरो लागेको छ । भने मन्त्री कुँवरको जन्मस्थान तातोपानि गाँउपालिका ४ गौतमबाडाबासिले उहाँ मन्त्री बनेपछि खुसियालि मनाएका छन् । 

३४ बर्षिय मन्त्री गोमा गौतम कुँवर कलिलो उमेरमै २०५६ सालदेखि माओबादि राजनितिमा लाग्नु भएको हो । 

सानै उमेरमा माओबादि राजनितिमा लाग्नु भएकि कुँवरले १० बर्षे जनयुद्धमा पनि नेतृत्वदायि भुमिका खेलेको दावि गर्नुहुन्छ । पलसटु पास गरेकि मन्त्री कुँवरले शसस्त्र जनयुद्धको कारण आफ्नो अध्ययनलाई निरन्तरता दिन नसकेको उहाँको पारीवारीक स्रोतले बताएको छ । 

समाजमा रहेको जातिय विभेद, लैंगिक हिंसा, छुवाछुत प्रथा, भष्टचार लगाएतका कुरीतिको अन्त्य गरी समाज परिवर्तनका लागि माओबादि राजनिति अपनाएको बताउने मन्त्री कुँवर आगामि दिनमा गाँउ, समाज, जिल्ला र देश विकासमा आफ्नो योगदान रहने बताउनुहुन्छ । 

जनयुद्धको समयमा कर्णालीका जिल्लाहरुलाइ आफ्नो कार्य क्षेत्र बनाएकि मन्त्री कुँवरले माओबादि निकट भातृ संगठन महिला समुहको जिल्लाबाट नेतृत्व गर्दै भेरी कर्णाली अध्यक्ष हुदै हाल महिला संगठनको केन्द्रीय सचिब समेत रहनुभएको छ । 

भने पार्टिको क्षेत्रीय, केन्द्रीय सदस्य हुदै अहिले पोलिटब्युरो सदस्य समेत उहाँ हुनुहुन्छ । मन्त्रीको सपथपछि कुराकानि गर्दै उहाले जुम्लासँगै कर्णाली क्षेत्रको पशुपक्षी क्षेत्रको विकासका लागि भुमिका खेल्ने बताउनुभएको छ । साथै उहाँले आफ्नो सफलतामा सबैको हात रहेको भन्दै सम्पुर्ण जुम्लाबासिलाइ समेत धन्यबाद ब्यक्त गर्नुभयो ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह